'महिलाहरूका लागि नेतृत्व तथा क्षमता विकास तालिम सुरु'

४ वर्ष अगाडि

देवदह //रुपन्देहीको देवदहमा महिलाहरूका लागि नेतृत्व तथा क्षमता बिकास तालिम सुरु भएको छ । देवदह नगरपालिका वडा नं ५ को आयोजना र कामना सेवा विकास बैंक खैरेनी शाखाको सह आयोजनमा उक्त तालिम भएको हो।

तिन दिने नेतृत्व तथा क्षमता बिकास तालिम देवदह नगरपालिका वडा नं ५ का आमा समूह, टोल विकास संस्थाका महिला पदाधिकारीहरु तथा अगुवा महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई रेडियो देवदहका पुर्व स्टेसन म्यानेजर रमेश पोखरेलले नेतृत्व के हो , नेतृत्वको आवश्यकता , भूमिका , दायित्व , महिला अधिकार, माईनुट लेखन आदिको विषयमा प्रशिक्षण दिनु हुनेछ।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी देवदह नगरपालिका नगर प्रमुख धुर्व खरेलले प्रत्येक व्यक्ति संग आफ्नो क्षमता हुन्छ, त्यसलाई पहिचान गर्न जरुरी रहेको बताउनुभयो। उहाले जीवन भनेको सिकाई हो जति अभ्यास गरीयो त्यति सिकिने बताउनुभयो। आफुले जति प्रयोगमा ल्याईन्छ त्यति नै आफ्नो क्षमता वृद्धि हुने र यश किसिमको तालिमले मात्र भोक जगाउने हो , यस अर्थ पनि अभ्यास आफुले निरन्तर गर्नु पर्नेमा जोड दिनुभयो।

त्यस्तै कार्यक्रममा बोल्दै देवदह नगरपालिका नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले नेतृत्व विकास नभए सम्म कोई पनि सबल हुन नसकिने बताउनुभयो। वडाले गरेको यस तालिमले साच्चिकै वडाका दिदिबहिनीहरुको नेतृत्व तथा क्षमता विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।साथै तालिममा सिकेका कुराहरूलाई व्यवहारमा ल्याउन सहभागिहरूलाई आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, कामना सेवा विकास बैंक खैरेनी शाखाका ब्रान्च इन्चार्ज शिताराम श्रेष्ठ, महिला नेत्री अञ्जु श्रेष्ठ, कामना सेवा विकास बैंकका मिलन खरेल, जनप्रतिनिधि, कर्मचारी वडाका महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम देवदह नगरपालिका वडा नं ५ को महिला सदस्य शावित्रा पौडेलको अध्यक्षता , वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेको स्वागत र वडा सचिब अरुणा भट्टराईको सञ्चालनमा भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी