'ओहदामा हुनेहरुको गलत मनोविज्ञानकै कारण विकास भएन: सहरी मन्त्री चौधरी'

४ वर्ष अगाडि

काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले ओहोदामा हुनेहरुको गलत मनोविज्ञानका कारण विकास हुन नसेको बताएका छन् ।

नवप्रवेशी इन्जिनियरहरुलाई डोलीद्धारा आयोजित पूर्वाधार विकास आयोजनाहरुको अनुगमन तथा कार्यान्वयन विषयक ६ दिने तालिमलाई सम्बोधन गर्दै शहरी मन्त्री चौधरीले भने, ‘मन्त्री, नेता, इन्जिनियर, हाकिम जस्ता ओहदामा हुनेहरुको मनोविज्ञान नै घुस खानै पर्ने भएपछि विकास हुने कुरा भएन । पदमा रहँदा कमाउनै पर्ने, पैसा जम्मा गर्नै पर्ने भएपछि न गुणस्तरको काम हुन्छ । न समयमै योजना सकिन्छ । त्यसकारण अब हामी सबैले यस्तो गलत मनोविज्ञान त्याग्नैपर्छ।’

तालिमले कार्य क्षमता अभिबृद्धि हुने भन्दै मन्त्री चौधरीले उच्च आत्मबल, उच्च नैतिकता र उच्च इमानदारिताका साथ काम गर्न इन्जिनियरहरुलाई निर्देशन दिए । जिम्मेवारी बोधका साथ काम गर्दै गए सचिव बन्न गाह्रो नभएको भन्दै मन्त्री चौधरीले सबैको सम्मान गर्दै, सबैलाई मिलाएर काम गरे मात्र सफल हन सकिने धारणा राखेका थिए। शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले कर्मचारीले सकभर कामै नगर्ने, फाइल नपल्टाउने, पुराना फाइल हेर्ने, अल्झाउने र समयमा निर्णय पनि नगर्ने गरेकै कारण जनतामा गुनासो बढेकाले विकासका काम गर्दा जनतालाई केन्द्रमा राखेर छिटो निर्णय गर्न निर्देशन दिएका थिए ।

स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वर चन्द्र मरहट्टाको सभापतित्वमा सन्चालित उक्त कार्यक्रममा मन्त्रालयका सहसचिवद्वय प्रदिप परियार र भरत अर्यालले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरन सिडिइ राजकाजी श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो