'लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको दोस्रो चार्टर नाइट सम्पन्न'

४ वर्ष अगाडि

देवदह //लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको दोस्रो चार्टर नाइट कार्यक्रम सम्पन भएको छ। शुक्रबार देवदह ७ पिपलडाडा स्थित होटल ॐ दर्शनको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

क्लवका अध्यक्ष बिमल प्रसाद भुषालकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अफ ईन्टरनेसनल डिस्ट्रीक ३२५ पि का गभर्नर पि एम जे एफ लायन नवराज न्यौपानेले सिकाई मानिसको जिवनमा कहिले नसकिने र यो जिवन्त रहने बताउदै लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको कार्यक्रमबाट आफु आकर्षित भएको बताउनु भयो। युवाहरुबाट धेरै कुरा सिक्न सकिने र कार्यक्रम पृथक ढंगले सञ्चालन गरेकोमा क्लबको प्रशंसा गर्नु भएको थियो। उहाले पुर्व अध्यक्षहरुलाई आफुहरु अब क्लबको अभिभावक हु भनेर काम गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममै बोल्दै लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको संस्थापक अध्यक्ष तथा डिस्ट्रीक प्रोग्राम चिफ लायन्स दिपेश मल्ल,लायन्स क्लब अफ मनि उजेस को अध्यक्ष लायान शान्ता शर्मा , डिस्ट्रीक एड्भाइजर लायन विष्णु प्रसाद पौडेल लगाएतले बोल्दै क्लबले छोटो समयमै देवदह एवम् समग्र जिल्लामा आफ्नो नाम बनाउन सफल भएको भन्दै यो सक्रियता, लगनशीलता र उच्च आत्मविश्वासलाई कायम राख्दै निरन्तरता दिनुपर्ने बताउनु भयो।

कार्यक्रममा प्रोफेश्नल युथका अध्यक्षले आफ्नो वार्षिक नारा “एक्सल योरसेल्फ” सार्वजनिक गर्नुभयो। सोही कार्यक्रममा क्लबका सम्पुर्ण सदस्यहरुलाई डिस्ट्रीक गभर्नरले लायन्स गभर्नरको पिनले सम्मानित गर्नुभएको थियो। कार्यक्रममा नयाँ सदस्यलाई स्वागत गरिएको पि.आर.ओ सागर भट्टराईले जानकारी दिनुभयो। क्लबका दोश्रो उपाध्यक्ष डा. विजय अमगाईको स्वागत , प्रथम उपाध्यक्ष कमल पौडेलको धन्यवाद ज्ञापन, क्लबका सचिब नवीन थापा मगरको सञ्चालनमा र बिमल प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी