'बु.उ.न.पा.– १७ को आयोजना तथा दाह्री ग्याङ रुपन्देहीको सह–आयोजनामा बृहत निःशुल्क स्वास्थ शिविर संञ्चालन हुने'

३ वर्ष अगाडि

बुटवल उपमहानगरपालिका वार्ड नं. १७ ले बृहत निःशुल्क स्वास्थ शिविर तथा मुखको स्वास्थ परिक्षण गर्ने भएको छ ।

रुपन्देही १७ मोतिपुर स्थित वडा कार्यालय परिसरमा हुने उक्त कार्यक्रमको आयोजना बुटवल उपमहानगरपालिका वार्ड नं. १७, तथा सह–आयोजक दाह्री ग्याङ रुपन्देहीले गर्ने भएको छ ।

हरेक महिना सामाजिक काम गर्दै आएको दाह्री ग्याङ रुपन्देहीले केही दिन पहिले मात्रै मोतीपुर मा.वि.मा शिक्षा सरोकारवाला र अभिभावकका लागि अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको दाह्री ग्याङ रुपन्देही अध्यक्ष भरत पौडेलले बताउनु भयो ।

भाद्र २५ गते विहान ९ः०० बजेदेखी सञ्चालन हुने उक्त कार्यक्रमको प्राविधिक सहकार्य भने मेडिटेक अस्पताल प्रा. लि. र आधुनिक समाज डेण्टल केयर प्रा.लि. ले गर्ने कार्यक्रमका योजनाकार माधव सापकोटाले जानकारी दिनुभयो ।

उक्त शिविरमा फिजिसियन सेवा, स्त्री तथा प्रसुती रोग, मुत्र रोग, दात, मुख तथा गिंजा सम्बन्धी रोगको परिक्षण तथा स्वास्थ सम्बन्धी परामर्श प्रदान गर्ने बुटवल उपमहानगरपालिका वार्ड नं. १७ का वडा सचिव राधिका श्रेष्ठले जानकारी दिनुभयो ।

मोतीपुर वासी तथा सो आसपास रहनुहने स्थानियलाई सो अवसर मा लाभ लिनुहुन सम्पुर्णमा अनुरोध पनि आयोजकले गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित