'एमाले महासचिव पोखरेल दाङ २ बाट सिफारिस'

४ वर्ष अगाडि

दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेल दाङ निवार्चन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको लागि निर्वाचन उठ्नु हुने भएको छ । नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नम्वर २ ले आइतबार महासचिव पोख्रेलको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मतरुपमा सिफारिस गरेको छ ।

क्षेत्र नम्वर २ का संयोजक अमरबहादुर खड्काको अध्यक्षत्ता एवं नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइञ्चार्ज जीवन गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले महासचिव पोख्रेललाई आउँदो मंसिर ४ गते हुन लागि रहेको निर्वाचनमा उमेदवार बनाउनका लागि माथिल्लो कमिटीमा सिफारिस गरेको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयोे । क्षेत्र नम्वर २ निर्वाचन परिचालन किमिटीका उपसंयोजक भोजराज वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दोर्ण वहकरीले गर्नु भएको थियो । सो अबसरमा यस क्षेत्रका सबै जसो एमाले नेताहरुको सहभागिता रहेको थियो ।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका महासचिव पोख्रेलले यस अगाडी दाङ क्षेत्र नम्वर २ क मा प्रदेशसभामा अत्यधिक मतले बिजय प्राप्त गर्नु भएको थियो ।

यस पटक प्रदेश क मा एमालेले बलिभद्र रानालाई उमेदवार बनाउने भएको छ। दाङको विकासको सन्दर्भमा थुप्रै काम गर्नु भएका महासचिव पोख्रेलले दाङलाई प्रदेशको स्थायी राजधानी बनाउनेलगायतका दिर्घकालिन विकासका थुप्रै कामहरु यस अवधिमा गर्नु भएको छ । जसले गर्दा उहाँको जीत निश्चित् जस्तै भएको सर्वसाधारणहरुको चिया गफमा पनि सुन्न सकिन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो