'विभिन्न कार्यक्रम गरि बाल दिवस मनाउने तयारी-नेपाल बाल संगठन'

४ वर्ष अगाडि

विभिन्न कार्यक्रम गरि बाल दिवस मनाउने तयारी-नेपाल बाल संगठन

सुरज भट्टराई, बुटवल । नेपाल बाल संगठनले बाल दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरेर बाल दिवस मनाउने तयारी गरेको छ । नेपाल बाल संगठनले यही भदौ २६ गते विद्यालय स्तरका विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको संगठनका अध्यक्ष साजन भण्डारीले जानकारी दिनुभएको थियो । 

संगठनले बाल दिवसका अवसरमा कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको बिचमा वक्तृत्वकला प्रतियोगिता, कक्षा ८-१० सम्मका विद्यार्थीहरूको बिचमा वादविवाद प्रतियोगिता र विद्यालय स्तरीय एकल लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘विभिन्न विद्यालयहरूमा सहभागिताका लागि पत्राचार गरिएको छ ।’ – सभापति भण्डारीले भन्नुभयो ।

विद्यालयहरूले आफ्नो विद्यालयको लेटर हेडमा विद्यार्थीको नाम सिफारिस गर्नुपर्ने समेत जानकारी दिनुभयो। विजेतालाई प्रमाण पत्र र ट्रफी प्रदान गरिनेछ । सहभागी प्रतियोगीलाई प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.१० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार सहित प्रमाणपत्र र ट्रफी समेत प्रदान गरिने संगठनका सचिव कल्पना पांडे मगरले जानकारी दिनुभयो । https://facebook.com/simrikaawaj

नेपाल बाल संगठननेपाल बाल संगठननेपाल बाल संगठनविभिन्न कार्यक्रम गरि बाल दिवस मनाउने तयारी-नेपाल बाल संगठन

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत