'स्वर्गद्वारी नगरपालिकाद्वारा एफएम संचालन'

३ वर्ष अगाडि

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाले आफ्नै लगानीमा सामुदायिक एफएम संचालनमा ल्याएको छ।

स्वर्गद्वारी नगरपालिका वडा नं ४ भिङ्रीमा स्थापना भएको रेडियो स्वर्गभुमी एफएम १०६ दशमलव ७ मेगाहर्जले परीक्षण प्रशारण समेत थालिसकेको छ । जिल्लामा स्थानीय तहले स्थापना गरेको यो पहिलो एफएम हो ।

एफएमको उद्घाटन गर्नुहुदै नगर प्रमुख टेकप्रसाद भण्डारीले नगरपालिका क्षेत्रभित्रका गतिविधिहरु पालिकाबासी बीच पुर्‍याउने उद्देश्यले एफएम स्थापना गरिएको बताउनुभयो ।
रेडियोले विकास निर्माण, कृषि, शिक्षा र स्वास्थ्यलगायत स्थानिय सरोकारका बिषयलाई बढी प्राथमिकता दिनुपर्ने नगरप्रमुख भण्डारीले आग्रह गर्नुभयो । गाउँमै रेडियो स्थापना भएपछि स्थानीयवासी पनि खुशी भएको रेडियो संचालक समितीका कोषाअध्यक्ष सिपि पौडेलले जानकारी दिनुभयो ।
रेडियो स्थापनाका लागि अहिलेसम्म बीस लाख रुपियां लगानी भईसकेको र अन्य आवास्यक उपकरण र प्राविधिक कामहरु भईरहेको नगरपालिकाले जनाएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित