'अन्तिम खेलमा नेपालले जित्यो, केन्यालाई ३१ रनले हराउन सफल'

४ वर्ष अगाडि

काठमाण्डाै – केन्यालाई ३१ रनले हराउँदै नेपालले टी–२० शृङ्खला जितेकाे छ । पाँचाैँ तथा निर्णायक खेलमा केन्यालाई हराउँदै नेपालले शृङ्खला जितेकाे हाे ।

नेपालले दिएकाे एक सय ७६ रनकाे लक्ष्य पछ्याएकाे केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रन बनायाे । केन्याका लागि नेहेमिह ओधिआम्बाेले ३७ र शेम एनगाेचेले ३३ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई विकेट लिए ।

रोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायाे । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९, राेहित पाैडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेल, शेम एनगाेचे र नेहेमिह ओधिआम्बाेले दुई–दुई विकेट लिए ।

यसअघि शृङ्खलामा नेपालले पहिलाे र तेस्राे खेल जित्दा केन्याले दाेस्राे र चाैथाे खेल जितेकाे थियाे । नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला पनि खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो