'एकीकृत समाजवादी वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा स्थापित : मन्त्री चौधरी'

४ वर्ष अगाडि

दाङ । एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी पार्टीलाई जनताले वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा लिएकाले जनतामा स्थापित भएको बताएका छन् ।
एकीकृत समाजवादी दाङले सोमबार घोराहीमा आयोजना गरेको पाचौँ पूर्ण बैठकमा बोल्दै मन्त्री चौधरीले भने, ‘स्थानीय निर्वाचनबाट जनताले हाम्रो पार्टीलाई वैकल्पिक कम्युनिष्ट पार्टीका रुपमा स्वीकार गरिसकेका छन् । त्यसकारण हामी अरुभन्दा भिन्न, वैज्ञानिक चेतनाका आधारमा फराकिलो हृदयका साथ उभिन जरुरी छ । जनताको आशाको केन्द्र बन्न जरुरी छ ।’

स्थानीय चुनावबाट एमाले रेड जोनमा पुगेको र अब ऊसँग राप्रपा र सिके राउतको पार्टी बाहेक कोही पनि दल मिल्न नचाहने अवस्था सिर्जना भएको बताउँदै सहरी मन्त्री चौधरीले भने, ‘ओली नेतृत्वको एमालेले संवैधानिक सर्वाेच्चता र संसदीय प्रणाली माथि नै निरन्तर धावा बोलेकाले ऊ क्रमशः कमजोर बन्दै गइरहेको छ । स्थानीय निर्वाचनमा एकैचोटी ३३ प्रतिशतले ओरालो लागेको एमाले अबको संसदीय निर्वाचनबाट संकटग्रस्त स्थितिमा पुग्नेछ ।’
दुनियाँमा विद्रोह गर्नेहरु नै मुल धारको शक्ति भएको बताएका मन्त्री चौधरीले विद्रोह गर्नु भनेको कमजोर हुनु वा एक्लो हुनु नभएर दिनदिनै फैलदै जानु अथवा शक्तिशाली बन्नु रहेको धारणा सुनाए । थोरै मान्छेहरुले मात्र विद्रोह गर्ने र विद्रोह गर्नेहरुले इतिहास रच्ने बताउँदै उनले अगाडि भने, ‘हरेक युगमा विद्रोह भएको छ । दास युगमा विद्रोह भयो । सामन्ती युगमा पनि केहीले विद्रोह गरे । त्यसैले आज पुँजीवादी युग प्रारम्भ भएको छ । यो युगमा पनि फेरि विद्रोह अवस्य हुनेछ । यसरी विद्रोहबाट नै समाज परिवर्तन हुदै अगाडि बढ्छ।’

कार्यक्रममा प्रमुख अतिथि एवं एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे, केन्द्रीय सदस्य तथा स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्दीय सदस्य शारदा श्वर्णकार, जिल्ला अध्यक्ष शुरामणि बेल्बासे, जिल्ला इन्चार्ज जोगबहादुर राणा लगायतले आआफ्ना धारणा राखेका थिए । साथै बैठकले आगामि निर्वाचनका लागि उम्मेदवार सिफारिस लगायत थप निर्णयहरु समेत गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत