'प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा शैक्षिक सामाग्री वितरण'

३ वर्ष अगाडि

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको श्री शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषदको सेवा कार्य अन्तर्गत कक्षा १०, ११ र १२ मा अध्ययनरत २९३ जना विद्यार्थीहरूलाई व्याग, कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्री वितरण गरिएको र बाकी १० वटा हिमाली जिल्ला दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्लामा व्याग, कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्रीहरू वितरण गर्न गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपाने जानकारी दिए ।

कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले विगत २७ बर्षदेखि निरन्तर सेवा कार्यहरू गर्दै आइरहेकाे र यसलाई निरन्तरता दिने क्रममा परिषद्ले ११ वटा हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गर्न गर्न गइरहेको प्रष्ट पार्दै सामग्री उपलब्ध गराउने भारतीय जनता र भारत सरकार एवम् वितरणको समन्वय गर्ने प्राचार्य नीलप्रसाद सुवेदी तथा कार्यक्रममा उपस्थित बाह्रबिसे नगरका नगर प्रमुख लगायतलाई धन्यवाद दिनुभयो ।

बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले परिषदको यो सेवा कार्यको उच्च प्रसंशा गर्दै शिक्षामा सेवा गरेकोमा परिषदलाई धन्यवाद प्रदान गर्नुभयो ।
विद्यालयका प्राचार्य नीलप्रसाद सुवेदीले परिषदको यो कार्य आफ्नो विद्यालयमा गरेकोमा परिषदलाई धन्यवाद दिदै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएयो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्याैपाने, बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत, शारदा माध्यमिक विद्यालयका प्राचार्य नीलप्रसाद सुवेदी, ४ नम्बर वाडा वाडाध्यक्ष शेखर बहादुर भण्डारी , बाग्मती प्रदेश सचिव सुरेन्द्र भट्टराई , त्रिभुवन विश्वविद्यालय इकाई समिति सह सचिव निरन्जन पाठक लगायतको उपस्थित रहेको थियो ।

२०५२ सालमा स्थापना भई देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह (कक्षा ११ र १२) क्याम्पस तथा विश्वविद्यालयहरूमा कार्य गरिरहेको परिषदले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई संगठित गर्दै व्यक्ति असल व्यक्ति निर्माणका माध्यमबाट राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित