'अनेरास्ववियुले शनिबार तिलोत्तमामा बृहत् सास्कृतिक कार्यक्रम गर्ने'

४ वर्ष अगाडि

रुपन्देही । अनेरास्ववियु तिलोत्तमा नगर कमिटीले भदौ ४ गते शनिबार बृहत् सास्कृतिक कार्यक्रम अखिल साझ २०७९ को आयोजनाको सम्पुर्ण तयारी पूरा गरेको छ ।

सास्कृतिक कार्यक्रममा रास्ट्रिय ख्याती प्राप्त कलाकार बद्री पङेनी, युवा पुस्ताका ढुकढुकी रचना रिमाल लगाएतको जोडदार प्रस्तुती रहने अनेरास्ववियु रुपन्देही नगर कमिटी अध्यक्ष सरोज खनालले जानकारी गराउनु भएको छ ।

गरिव तथा जेहन्दार र शिक्षाको पहुच भन्दा बाहिर रहेका विद्यार्थीलाई केही मात्रामा भए पनि राहत दिने उद्देस्यले अखिल साझको आयोजना गरिएको नगर अध्यक्ष खनालले बताउनु भएको छ । अध्यक्ष खनालले – ´कार्यक्रमको लागत खर्च ब्यवस्थापन गरि बचेको रकमको अध्यक्षकोष बनाई बार्षिक रुपमा गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने छ´- वहाको भनाई रहेको छ ।

अखिल साझमा रुपन्देही क्षेत्र नम्बर २ का साम्सद तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा नेकपा एमालेका नेता बिष्णु पौडेलको प्रमुख आतिथ्यता रहने उक्त कार्यक्रममा रास्ट्रिय हास्यव्यंग्य कलाकार पुरुषोत्तम भन्डारी पुर्खे बा, लोक तथा दोहोरी गायक दिपक गरौजा, एन्जिला रेग्मी, नारायण बिपि परियार, लक्ष्मण खड्का, रेणुका भट्टराई, उज्ववल गिरी, बिजय सापकोटा, रामप्रसाद पौडेल, लोकप्रिय डान्सर सबिता भुसाल, शुसिला नेपाली लगायतको जोडदार प्रस्तुति रहने अनेरास्ववियु तिलोत्तमा नगर कमिटी उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिवस खनालले जानकारी दिनुभएको छ ।

कार्यक्रम भदौ ४ गते शनिबार बेलुका ४ बजे देखि रातिसम्म संचालन हुने गरि आवस्यक तयारी पूरा भएको कार्यक्रम संयोजक खनालले बताउनु भएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत