'मन्त्री चौधरीद्वारा सारी सामुदायिक भवनको उद्धाटन'

४ वर्ष अगाडि

प्युठान । संघिय शहरी बिकास मन्त्री मेटमणी चौधरीले प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नंवर ५ सारीमा निर्माण भएको सारी सामुदायिक भवनको उद्धाटन गर्नुभएको छ।
सघन शहरी तथा भवन निर्माण आयोजना दाङको कुल ४ करोड २६ लाख रुपियाँ सहयोगमा निर्माण भएको सामुदायिक भवनको शहरी बिकास मन्त्री चौधरीले मंगलवार उद्धाटन गर्नुभएको हो। नयाँ निर्माण गरिएको भवनमा ५ वटा कोठा छन।
सो अवसरमा मन्त्री चौधरीले नयां शहर बनाउने लक्षय सहित आफू अगाडि बढिरहेको उल्लेख गर्दै प्युठान जिल्लालाई सम्बृद्धी बनाउन चाहिने भौतिक पुर्वाधार निर्माणमा पहल गर्ने बताउनुभयो।
प्रसस्त पर्यटकिय संभावना बोकेको धार्मिकस्थल स्वर्गद्वारी प्युठानमा रहेको भन्दै संघ प्रदेश र स्थानिय सरकार मिलेर पर्यटन तथा संस्कृतीको बिकास गर्नुपर्ने बताउनुभयो।
सवै तह मिलेर बिकास गर्दा सबैको स्वामित्व हुने मन्त्री चौधरीको धारणा छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री