'गठबन्धन दलहरू विदेशीको इशारामा चलेको नेताहरुको आरोप'

४ वर्ष अगाडि

जनकराज भट्टराई,पाल्पा। नेकपा एमालेका सचीव तथा लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल बिश्वकर्माले स्थानित तह निर्वाचनपछी एमाले झनै मजबुत र बलियो बनेको बताएका छन।

नेकपा एमाले जिल्ला कमिटी पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पार्टीलाई छिन्नभिन्न बनाउन खोज्नेहरूको सपना पूरा नभएको उल्लेख गरे । ‘पछिल्लो समयमा एमाले झनै मजबुत र बलियो बनेको छ।उनले भने, ‘एमालेबाट निस्किएर गएकाहरू अहिले बीचबाटोमा अलपत्र परेका छन्। बन्चरोको बिँडजस्तै भएका छन।’
यसैगरी,नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी मंसिरमा हुने निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ भएको बताएका छन। उनले नेकपा एमाले पराजित भए मुलुक नै असफल हुने बताए।

प्रशीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बिस्टले एमालेले चुनाव हार्‍यो भने देशको स्वाधीनता र स्वतन्त्रता कमजोर हुने र समाजवादको यात्रा समेत रोकिने दाबी गरे।
एमालेविरुद्ध गठबन्धन गरेका दलहरू विदेशीको इशारामा चलेको उनले बताए। राष्ट्रिय हितमा काम गरिरहेको एक मात्र पार्टी एमालेलाई परास्त गर्न साम्राज्यवादीको चलखेल भएको विष्टले दाबी गरे।

मुलुकको हित र जनताको जीविका भन्दापनि गठबन्धनका नेता पार्टीका नीति, सिद्धान्त र विचार छाडेर सत्ताका लागि लिप्त भएको उनले आरोप लगाए। ती नेताहरूको स्वार्थ पूरा गर्न नदिनको लागि कफन बाँधेर निर्वाचन जान कार्यकर्तालाई निर्देशन दिए।
नेकपा एमालेको सरकारले गरेका काम र गठबन्धन सरकारले एक वर्षमा गरेका कामका बारेमा जनतालाई छर्लङ्ग बुझाउन सके आगामी निर्वाचनमा एमालेको जित पक्का भएको उनले बताए।

कांग्रेसलाई इन्जिन र नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई डिब्बाको संज्ञा दिँदै उनले थपे ‘इन्जिनमा लतारिएका डिब्बा कतिबेला चुँडिएर बाटोमा अलपत्र हुनेछन्। अहिले त्यस्तै अवस्थामा माधव कुमार नेपाल र प्रचण्ड पुगेका छन्।’

फरक विचार र सिद्धान्त भएका दलहरूबीचको गठबन्धन स्वार्थ पूरा नभएपछि टुट्ने अवस्थामा पुगेको उनले बताए। गठबन्धनकाे सीट बाँडफाँडकै विषयमा सहमति हुने संभावना कम रहेको नेता विष्टले बताए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री