'लियो क्लब अफ लर्ड बुद्धद्वारा अभिमुखिकरण कार्यक्रम सप्पन्न'

४ वर्ष अगाडि

देवदह // लियो क्लब अफ लर्ड बुद्धको आयोजनामा लियो अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार देवदह ५ खैरेनी स्थित पाठक फुड ल्याण्ड एण्ड ईभेन्ट भेनुको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लियो क्लब अफ लर्ड बुद्ध र लियो क्लब अफ सिमसारका सदस्य प्रशिक्षार्थीको सहभागिता रहेको थियो । सहभागीलाई प्रशिक्षक लायन्स क्लब अफ बुटवल खस्यौली पुर्व अध्यक्ष राजु पौडेलले लियोमा आबद्ध भएका नयाँ सदस्यहरुलाई क्लबका उदेश्य, काम गर्न हुने र नहुने काम सम्बन्धी र सदस्यहरुका काम,कर्तब्यको बारेमा प्रशिक्षण दिएका थिए।

कार्यक्रम लियो क्लब अफ लर्ड बुद्धको अध्यक्ष राहुल देव सापकोटाको अध्यक्षता, लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्ष कमल देवकोटाको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक रुबिना सुनारको स्वागत र सचिव अनिस पोखरेलको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो