'देवदहमा प्रादेशिक बायोमेडिकल भवनको उद्घाटन'

४ वर्ष अगाडि

देवदह // रुपन्देहीको देवदह नगरपालिका – ५ बैकुण्ठ नगर स्थित पानबारीमा लुम्बिनी प्रदेश स्तरीय स्वास्थ्य तालिम केन्द्र प्रादेशिक बायोमेडिकल कार्यशालाको उद्घाटन भएको छ । कार्यशालाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजित थारुले बिहिबार उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहमा मन्त्री थारुले लुम्बिनी प्रदेशका जनताहरुलाई बाहिर उपचार गर्न जान नपरोस् भन्ने उद्देश्यले कार्यशाला स्थापना भएको बताए ।  मेडिकल क्षेत्रमा परेका समस्या ,नयाँ नयाँ मेसिनहरु खरिद गर्ने र सानो समान विग्रीदा मेसिन नै फालेर नयाँ मेसिन खरिद गर्ने समस्या यो वर्कसपले समाधान गर्ने थारुले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले भविष्यमा बायोमेडिकल ईन्जिनियरिङ समेत पढाइ हुने गरि अगाडि बढ्न सुझाव दिए ।
करिब ४ विगाहा क्षेत्रफल जग्गामा झन्डै १८ करोडको लागतमा पुर्वाधार निर्माण हुने भनिएको छ।
बायोमेडिकल कार्यशाला भवन निर्माण पश्चात् चिकित्सक र नर्सको तालिम, सर्पदंशको उपचार तालिम, सिटिईभिटीबाट संचालन हुने सबै प्रकारका स्वास्थ्य तालिम तथा स्वास्थ्य सामग्री मर्मत हुने देवदह नगरपालिका र स्वास्थ्य मन्त्रालय विच लिखित सम्झौता भएको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।
कार्यक्रममा एन एस आईको कन्ट्री रिपीजेन्ट्रेटिभ प्याट्रीसिया वाईसनफिल्ड, स्वास्थ्य निर्देशनालय, निर्देशक डा. बिनोद कुमार गिरि, देवदह नगरपालिका पुर्व नगर प्रमुख हिरा बहादुर केसी ,एन एस आई बोर्ड अध्यक्ष विध्याधर मल्लिक, डा. अनिल बहादुर श्रेष्ठ लगाएतले बोलेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित