'नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा प्रभाकर नियुक्त'

४ वर्ष अगाडि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरिएको छ । भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरलाई सोमबार नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले प्रशिक्षकमा नियुक्त गरेको हो ।

नेपाली क्रिकेट टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका प्रभाकरसँग अफगानिस्तान, रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेश टिमको प्रशिक्षक भई जिम्मेवारी सम्हालेको अनुभव छ । प्रभाकरलाई एक वर्षका लागि प्रशिक्षकको रुपमा अनुबन्ध गरिएको क्यानले जनाएको छ । सन् १९९९ मा खेल मिलेमतो गरेको विवादमा मुछिएका प्रभाकरलाई त्यतिबेला भारतीय टिममा खेल्न प्रतिबन्धसमेत लगाइएको थियो। यस्तै, प्रभाकरलाई दिल्ली क्रिकेट टिमले खेलाडी र छनोटकर्ताको विषयमा आलोचना गरेको भन्दै प्रशिक्षकबाट पनि हटाएको रेकर्ड छ । त्यसपछि प्रभाकर क्रिकेटबाट भारतीय राजनीतिमा प्रवेश गर्न खोजेका थिए । तर, सफल भएनन् ।

गत साउन ४ गते नेपाली टिमका तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि मुख्य प्रशिक्षक पद खाली थियो। सोमबार क्यानले प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित