'प्रेमाका ३ गजल'

४ वर्ष अगाडि

  • किताब वा खेलौना स्वभावले निर्धारण गर्छ
    लाग्दैन बच्चाले हर गल्ति आमाकै कारण गर्छ।
  • शरीरले शरीर लुटेको खबर त बाहिर आउदैन यहाँ
    मनले मन लुटेको खबर झन कसले प्रसारण गर्छ ?
  • खेति उसले पनि गरेकै हो कागजका गराहरुमा
    फरक यति हो बाली होइन अनुदान भण्डारण गर्छ।
  • कदम कदममा गलतको बिरोधि बन्छ, जो
    एकदिन शालिक बनेर सधैलाइ मौनधारण गर्छ
  • संसारकै खुसी त्यतिबेला सम्झन्छिन आफुलाइ
    जब बच्चाले पहिलो शब्द आमा उच्चारण गर्छ।

 

  • चलाउनलाइ सम्बन्ध रोकिएको सम्पर्क ,जारी हुनुपर्छ
    म भन्दिन एउटा सधै देउता,र अर्को पुजारि हुनुपर्छ।
  • सानो बच्चा पनि संसारकै ,अग्लो मान्छे हुनसक्छ
    बस एकपटक बुबाको काधको, सवारी हुनुपर्छ।
  • जहिले सुत्छौ अनि सपनामै, हारे भन्छौ यार
    संसार जित्न त काधमा ,जिम्मेवारी हुनुपर्छ।
  • फुलिसके कपाल चाउरिएछ गाला ,र पनि भन्दै छ
    बिहे गर्छु फेरि गर्छु केटि चाहिँ कुमारी हुनुपर्छ ।
  • सुम्पियो तन मन माया दियो, दियो सबै कुरा
    समाजको डरले एकदिन वारि पारी हुनुपर्छ ।

 

  • फुलेको मखमलिलाइ सधै ,तिहार नआउन सक्छ ।
    जस्तो कि यसपाली पर्देशि ,निधार नआउन सक्छ ।
  • सजाउछे सारा सृष्टि उ चकित मोहित बनाउछे जो
    हो नारी हो उ नारी हो शृङ्गार नआउन सक्छ
  • बाआमा लाइ त्यही छोराको सधै भइरहन्छ एउटै पिर
    सपना लिइ उडेको मौरी, फर्की घार नआउन सक्छ
  • मनले भन्छ नरुवाउ भो मित्र होस या दुश्मनको मन
    दिमाख भन्छ नछोड मौका, बारबार नआउन सक्छ
  • आकाशलाइ बा आमा धर्ती मानेर हुर्किएकी म
    जे भोगे त्यही सिके मैले ,संस्कार नआउन सक्छ ।

© प्रेमा पराजुली
उज्यालो लाल्टिन प्रतिष्ठान

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी