'देवदहमा कर सम्वन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न'

४ वर्ष अगाडि

देवदह / / रूपन्देहीकाे देवदहमा देवदह उद्योग वाणिज्य संघको आयोजनामा कर सम्वन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । देवदह उद्योग वाणिज्य संघका अध्यक्ष हरि भण्डारीको अध्यक्षता, देवदह नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिपक नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यक्रम भैरहवाका कर अधिकृत रामहरी मरासिनी, वाणिज्य कार्यालय भैरहवाका कार्यालय प्रमुख टेकराज भट्टराई र देवदह नगरपालिका राजस्व शाखा प्रमुख विष्णु प्रसाद बस्यालले आ-आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए । उनिहरूले व्यवसायीहरुले कर सहयोगीसंग मात्र निर्भर नभर्ई स्वमं व्यवसायीले लेखामा ध्यान दिनुपर्ने बताएका थिए । व्यवसायी गर्दा अडिट रिपोर्टमा विषेश ध्यान दिनुपर्ने कुरामा समेत उनिहरूले जाेड दिएका थिए ।

देवदह उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिना श्रेष्ठको स्वागत र महासचिव विक्ष्णु न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा व्यापारी , संघ-संस्था, विद्यालय, उद्योगी लगाएतको उपस्थिति  रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित