'केटीसँग फेसबुकमा चिनजान, भेट्न बोलाएर अपहरण'

४ वर्ष अगाडि

दाङ । केही दिनअघि दैलेखको चामुण्डाविन्द्रसैनी नगरपालिका ३ का २७ वर्षीय केशव विकको चिनाजानी दाङ तुलसीपुर ७ की २६ वर्षीया निर्मला विकसँग फेसबुकबाट भयो । निर्मला विकले फेसबुकमा कुरा गर्दै यहि गएको सोमबार केशवलाई बुटवलमा भेट्न बोलाइन् ।

ती महिलाले भेट्न बोलाएपछि केशव सोमबार राती नै बुटवल आइपुगे । तर ती महिलाले आफू लिन आउँन नसक्ने भन्दै आफन्तीलाई गाडीमा लिन पठाएको बताइन् । केशवलाई लिन बबई गाउँपालिका ४ निवासी ३५ बर्षीय लिला विक र सोही ठाउँका ३५ बर्षीय नेवबहादुर घर्ती पुगे ।

गाडी लिएर पुगेका उनीहरुले केशलाई गाडीमा बसेलेर बुटवलबाट सिधै तुलसीपुर ल्याए । सोमबार राती नै तुलसीपुर ल्याएपछि सल्यानरोडस्थित युवम होटेलमा उनलाई बन्धक बनाएर राखियो ।

७ लाख रुपैँया दिएमात्रै छोड्ने भन्दै उनीसँग फिरौति मागे । त्यो सूचना दैलेख स्थित केशवको श्रीमतिलाई पुग्यो । उनले तत्काल ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई मंगलबार दिउँसो खबर गरिन् । लगत्तै प्रहरीले २० मिनेटमै केशवलाई उद्दार गर्‍यो र घटनामा संलग्न रहेको भन्दै ६ जनालाई पक्राउ गर्‍यो।

पक्राउ पर्नेमा लिला र नेवबहादुरसँगै तुलसीपुर–७ निवासी २६ बर्षीया निर्मला विक, तुलसीपुर ४ खाद्रेका २५ बर्षीय सुकलाल विक, कपिलबस्तु शिवराज नगरपालिका–९ का २० बर्षीय मनोज थारु र गाडी चालक प्यूठान ७ घर भइ हाल तुलसीपुर–६ बस्ने २४ बर्षीय जनक कुँवर रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार युवतीको प्रयोग गरी पैसा असुल्न रणनीति यो समुहले बनाएको खुलेको छ । यसअघि अपहरित भएका केशव, मनोज थारू र सुकलाल बिकसँगै साउदीमा काम गर्दै आएका थिए ।

प्रहरीलाई केशवलाई अपहरण गरी ७ लाख मागेको भन्दै ६ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित