'लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको प्रथम पद हस्तान्तरण कार्यक्रम सम्पन्न'

४ वर्ष अगाडि

देवदह//लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको प्रथम पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार देवदह ७ पिपलडाडा स्थित होटेल ॐ दर्शनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा बर्ष २०२१/२२ का अध्यक्ष लायन दिपेश बिक्रम मल्लले बर्ष २०२२/२३ का अध्यक्ष लायन प्रनिल जिसिलाई पद हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रम दुई चरणमा सप्पन्न भएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ पी नेपालका डिस्ट्रीक डेपुटी ट्रेजरर लायन ऋषिराम सापकोटाले नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले क्लबले विभिन्न क्षेत्रका युवाहरूलाई एकीकृत बनाइ समाजसेवाको बाटोमा अग्रसर बनाएको बताउदै युवाहरुको टिमले नै समाजलाई परिवर्तन गरि समृदिको बाटोमा डोर्‍याउन सक्ने बताउनु भएको थियोे । त्यस्तै कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ पी नेपालका जोन १८ का जोन चियर पर्सन लायन राम बहादुर गुरुङ , लायन्स क्लब देवदहका बर्ष २१/२२ का अध्यक्ष लायन बिनोद थापा मगर तथा नागरिक समाज रुपन्देहीका उपाध्यक्ष कृष्ण प्रसाद पौडेल लगाएतले बोल्दै नयाँ समितिलाई कार्य सफलताको शुभकामना दिनुभएको थियो।   लायन वर्ष २२/२३ काे लागि क्लबको प्रथम उपाध्यक्षमा कमल पौडेल , दोश्रो उपाध्यक्ष विजय अमागाइ , तेश्रो उपाध्यक्ष बिमल तिवारी , सचिब नवीन थापा मगर, सह सचिब नरेस राना , कोषाध्यक्ष दिपेस पाण्डेय र सह कोषाध्यक्षमा उत्तम घिमिरे चुनिएका छन् । कार्यक्रममा क्लबका अध्यक्ष लायन दिपेश मल्लले अध्यक्षको प्रतिवेदन र क्लबका कोषाध्यक्ष बिमल तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियो । कार्यक्रम क्लबका सचीव नबिन थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी