'बुटवलमा सुरु भयो पायोनियर्स एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर'

४ वर्ष अगाडि

सुरज भट्टराई ,बुटवल । रूपन्देहीको बुटवलमा पायोनियर्स एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. सञ्चालनमा आएको छ । पशु चिकित्सा क्षेत्र व्यवसाय गर्ने र अनुसन्धान समेत गर्ने गरी तीन जना युवा मिलेर पायोनियर्स एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर सञ्लचानमा ल्याएका हुन् । तीन पशु चिकित्सकहरू डा. सन्दिप भट्टराई, डा.पदम टन्डन र डा.अभिनास क्षेत्रीको संयुक्त लगानीमा उक्त हस्पिटल सञ्चालनमा आएको हो ।

                                                                             सञ्चालकहरु

बुटवललाई केन्द्र विन्दुमा राखी आसपासका क्षेत्रहरुका मानिसले पाल्ने हरेक खालका घरपालुवा तथा व्यवसायिक पशुपन्छी, फार्मका पशुहरुको उपचार रोग निदान, परामर्श र हरेक किसिमका समस्याहरुको सामाधान एकै ठाउँमा सुलभ तवरले प्रदान गर्ने उद्देश्यका साथ एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याईएको एनिमल हस्पिटलका निर्देशक डा.अभिनास क्षेत्रीले जानकारी दिए । उक्त अस्पतालमा तत्कालका लागि २५ लाख लगानी गरिएको क्षेत्रीले बताएका छन् ।

व्याचलर अफ भेटनरी साईन्स एण्ड एनिमल हजबेन्ड्रिबाट स्नातक गरिसकेका लाईसन्स प्राप्त भेटरियन डाक्टरहरू मिलेर युवाहरुले पनि केही गर्न सक्छन भनी देखाउन र आम युवाहरुलाई स्वदेशमै मेहनत गर्न उदाहरणीय काम गरेर देखाउने उद्देश्यले पायोनियर्स एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि सुरु गरेका हुन ।

केवल पैसा कमाउने उद्देश्य भन्दा पनि आफ्नो ज्ञान सीपको प्रयोग गर्दै आफ्नै माटोमा योगदान गर्ने भावनाका साथ व्यवसायमा प्रवेश गरेको हस्पिटलका सञ्चालक डा.सन्दिप भट्टराई बताएका छन् । एनिमल हस्पिटलमा विशेषज्ञ डाक्टरबाट २४ सै घण्टा सेवा, अत्याधुनिक प्रयोगशाला, फार्मेसी सेवा, डिजिटल एक्स(रे सेवा, इमरजेन्सी सेवा, घरपालुवा जनावरहरुको रोग निदान तथा सम्पुर्ण किसिमका उपचार र सबै खाले शल्यक्रिया परामर्श सेवा उपलब्ध हुने सञ्चालक भट्टराईले बताए ।
ठुला पशुहरुको अन फार्म सेवाहरु, बाझोपनको उपचार, थुनिलो लगायत अन्य जटिल रोगहरुको निदान तथा उपचार, फार्मको रेकर्ड राख्ने, आहार व्यवस्थापन, नयाँ फार्म बनाउन परामर्श तथा शल्यक्रियाहरु र कुखुरा, हाँस तथा अन्य पशुपंक्षीहरुको उपचार सेवा पनि उपलब्ध रहेको समेत भट्टराईले बताए ।

एनिमल हस्पिटल सुरु भएसंगै पशुपालक किसानलाई पशुहरुलाई लागेको रोग पत्ता नलागेर मर्नुपर्ने बाध्यता हट्ने संचालक डा. पदम टन्डनले बताए । किसानले पालेका पशुपंक्षी तथा शहरका घर घरमा पालिने घरपालुवा जनावर बिरामी भए अव बाहिर लैजान नपर्ने गरी अत्याधुनिक प्रयोगशाला र उपचार सहितको सेवा सुविधा दिइने कुरा डाक्टर टण्डनले बताएका छन् ।
बुटवल ८ सुखानगर स्थित सो हस्पिटल असार ३० गतेबाट संञचालनमा ल्याइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी