'छाउपडी प्रथाविरुद्ध सचेतनामुलक गीत ‘छाउपडीको वेदना’'

४ वर्ष अगाडि

बैतडी ‘लाला बाला छाडिकन कै ठौर बास भयो

झान्या बेला भेट भएन छाउगोठमै सास गयो’

याे सुदूरपश्चिममा व्यप्त छाउपडी प्रथा हटाउन जनचेतना फैलाउने उद्देश्यले तयार पारिएको डेउडा गीत हाे । याे गीत सार्वजनिक गरिएकाे छ । राजु तिर्वाको शब्द सृजनामा निर्माण गरिएको उक्त गीतमा लोकप्रिय गायक राजु परियार र गायिका रेखा जोशीको स्वर छ । सनम कठायत र रोजी कुँवरको अभिनय रहेको उक्त गीतमा छाउपडी प्रथाको नकारात्मक प्रभाव देखाइएको छ ।

महिला महिनावारी भएका बेला छाउपडी गोठमा बस्नुपर्ने बाध्यता र महिनावारीका बेला महिलासँग गरिने सामाजिक व्यवहारको गतिविधि गीतमा समेटिएको छ । गीतको भिडियोको सुरुवातमा एक महिलाको छाउपडी गोठमै सर्पले टोकेर मृत्यु भएको दृष्य समावेश छ भने अन्तिममा छाउपडी प्रथाविरुद्ध जनचेतनामुलक सन्देश समावेश छ । यस्ता जनचेतनामुलक गीतका माध्यमबाट समाजमा व्यप्त सबै प्रकारका कुप्रथाहरू न्युनीकरण हुने यस गीतका सर्जक राजु तिर्वाको विश्वास छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी