'सरकारी अस्पतालमा केही सुधार गराै : स्वास्थ्य राज्यमन्त्री केसी'

४ वर्ष अगाडि

काठमाडौं। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले सरकारी अस्पतालहरुमा केही सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । पदभार ग्रहण गरेको भाेलीपल्ट मगंलवार आफ्नै कार्यकक्षमा विभिन्न सरकारी अस्पतालका प्रमुखहरुसगँ छलफल गर्दै मन्त्री केसीले यस्तो वताउनुभएकाे हाे ।

सरकारले लगानी गरेका सरकारी अस्पतालहरु पहिलेभन्दा अहिले धेरै परिवर्तन भएको भन्दै उहाँले नेपाली सवै नागरिकहरुलाई सरकारी अस्पताल हाम्रो अस्पताल हाे भन्ने गराउनुपर्ने वताउनुभयाे । मन्त्री भन्ने त एउटा राजनीति नियुक्ति हाे राज्यमन्त्री केसीले अगाडि भन्नुभयो`अस्पतालका प्रमुख डाक्टर लगायत अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरूकाे अस्पताललाई कस्तो वनाउने भन्ने ठुलाे हात हुन्छ, तपाईहरु याेजना वनाएर सुधारका काम गर्नुस मेरो पूर्ण साथ समर्थन र सहयोग रहन्छ ।´ उहाँका अनुसार नागरिकहरुमा अहिले पनि सरकारी अस्पतालहरुमा छिटो छरितो सेवा पाईदैन भन्ने भ्रम रहेको छ यसलाई हटाउन सकेमात्र पनि ठुलाे काम हुने वताउनुभयाे । राज्यले सञ्चालन गरेको स्वास्थ्य विमा लगायत विभिन्न उपचारमा दिएको छुट,राम्रो र भरपर्दाे उपचार विधीले सरकारी अस्पतालमा पछिल्लो सयम नागरिकहरु उपचार लिनेका लागि सरकारी अस्पतालहरुमा आउनेकाे सख्या धेरै राम्रो छ यसलाई थप व्यवस्थित वनाएर जानुपर्छ ।

छलफल कार्यक्रममा वीर अस्पतालका निर्देशक डाक्टर भुपेन्द्र वस्नेत,भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर विष्णुदत्त पाैडेल, डाक्टर प्रकाश वुढाथाेकी लगायत विभिन्न सरकारी अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत