'वामदेवले गरे नयाँ पार्टी खोलेको घोषणा'

४ वर्ष अगाडि

काठमाडौं । केही समयअघि नेकपा (एमाले) छोडेका राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी खोलेका छन्। रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमार्फत उनले पार्टीको नाम औपचारिक रूपमा सार्वजनिक गरेका छन्।

गौतमले पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’ राखेका छन् । गौतम संयोजक रहेको नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । उनले डीबी कार्कीलाई सचिव तोकेका छन्। उता सचिवालय सदस्यहरूमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन्। उनको दलको केन्द्रीय सदस्यमा श्रीमती र छोरा पनि छन्। श्रीमती तुल्सी थापा प्रतिनिधिसभा सदस्य हुन्।

पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्यको रुपमा रहने जनाएको छ । गौतमले नेकपा विभाजनपछि चलाएको एकता अभियान एमाले ब्युँतिएपछि पनि कायम राखेका थिए। पछिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीको पक्षमा गीत लेखेर खुलेका गौतमले हालै राष्ट्रिय भेला आयोजना गरेका थिए । चन्द्रागिरी रिसोर्टमा असार १२ गते बसेको अभियानको बैठकले दल दर्तामा जाने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत