'दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार'

४ वर्ष अगाडि

काठमाडौं— तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् । श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए ।

प्रसाईंलाई राजकुमारले विमानस्थलमै सुनको लौरो हस्तान्तरण गरेका हुन् । राजकुमार झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको स्रोतले बताएको छ । राजकुमार मोक्तुमले बिर्तामोडमा रहेको बिएण्डसी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सम्बन्धीको सिटी स्क्यान मेसीनको समेत उद्घाटन गर्ने छन् ।

दुर्गा प्रसाईको निमन्त्रणामा राजकुमार नेपाल आएको सो अस्पतालको सूचना शाखाले जनाएको छ। अस्पताल स्रोतका अनुसार झापासँगै काठमाडौं र पोखराको भ्रमण गर्ने कार्यतालिका छ

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत