'लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित'

४ वर्ष अगाडि

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज प्रदेश सभाको बहुमत संख्याले पारित गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनद्वारा गत जेठ २५ गते प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको हो । सभाुमख पुर्ण बहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाको बहुमत संख्याले पारित गरेपछि अब नीति तथा कार्यक्रम पारित भएको हो ।

सभामा सम्वोधनको क्रममा मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश सरकारको ‘समृद्धि प्रदेश आत्मनिर्भर लुम्बिनी’ को नारालाई यस वर्षको बजेटबाट सम्बोधन गरिने गरी नीति तथा कार्यक्रम लिइएको बताउँदै लुम्बिनीको प्रदेशका सदस्यहरुलाई लुम्बिनीको विकासका लागि एकताबद्ध भएर लाग्न आग्रह गरे ।

लुम्बिनी प्रदेश सरकारले समृद्धि प्रदेश, आत्मनिर्भर लुम्बिनी भन्ने मूल नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नका लागि नै लागेको बताउँदै अझै आगामी वर्षको बजेटमा परिमार्जित र परिकृष्ट बनाउनको लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

मुख्यमन्त्री केसीले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि लुम्बिनीको विकासमा एक हुनका लागि आग्रह गरे । उनले केही समय लुम्बिनी प्रदेशमा आन्तरिक मतभेद भए पनि सो पनि विकास र राजनीतिकलाई स्थापित गर्नका लागि भएको भन्दै आगामी दिनमा समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनी बनाउनको लागि लाग्न प्रदेश सभा सदस्यहरुलाई अपिल गरे ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले चुनावी सरकारले दीर्घकालीन महत्वका र पूरा हुन नसक्ने योजनाहरु ल्याएको भन्दै आलोचना गरेका थिए । उनीहरुले नीति तथा कार्यक्रम एमालेकैै सरकारको नक्कल गरिएको र कुनै नयाँ कार्यक्रम नभएको बताउँदै नीतिअनुसार बजेट आउनेमा आशंका गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो