'जातिय भेदभाव गर्ने प्राचार्यलाई अनेरास्ववियुद्वारा कारबाहीको माग'

४ वर्ष अगाडि

https://simrikaawaj.com/?p=10460&preview=true

जातिय भेदभाव गर्ने प्राचार्यलाई अनेरास्ववियुद्वारा कारबाहीको माग: 

जातिय भेदभाव गर्ने प्राचार्यलाई अनेरास्ववियुद्वारा कारबाहीको माग: 

अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनीता बरालले विज्ञप्ति जारी गर्दै दलित समुदायको भएकै कारण विद्यार्थीलाई भर्ना नगर्ने गुरुकुललाई कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ :

मिति : २०७५ जेठ २६

अनेरास्ववियु सदैव अन्याय, अत्याचार, शोषण उत्पीडनको विरुद्ध न्याय र समानताको पक्षमा वकालत गर्दै आएको सर्वविदितै छ। नेपालको संविधानले आम नागरिकलाई समाजमा स्वतन्त्रतापूर्वक सम्मानजनक ढंगले बाँच्न पाउने अधिकारको प्रत्याभूती गरेको छ। समाजमा हुने सबै खालका विकृति, बिसङ्गती र कु-संस्कारहरुलाई अन्त्य गरि समानतामूलक समाजको निर्माण गर्नुपर्दछ भन्ने अनेरास्ववियुको स्पष्ट दृष्टिकोण छ। हिजो २०७५ जेठ २५ गते ललितपुरको शंखमुलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण आश्रमको पूर्वस्वीकृतिअनुसार ब्रतबन्ध गरी कपालसमेत मुण्डन गरेर भर्ना हुन पुगेका बर्दिया जिल्ला, बारबर्दिया नगरपालिका-६ का १० वर्षे समीर सुनार, १२ वर्षे विराज सुनार, ५ वर्षे भुवेश्वर सुनार र १० वर्षे भीमबहादुर सुनारलाई पढाइबाट वञ्चित गरेकोप्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको छ। ५० जनाको सिट क्षमता भएको गुरुकुलमा ३३ जना मात्रै विद्यार्थी भर्ना हुँदा पनि सीट संख्या पूरा भएको झुठो दाबी गर्ने प्राचार्यलाई कारबाहीको दायरामा ल्याउन प्रशासनसमक्ष जोडदार माग गर्दछौं। धर्म, संस्कृति, संस्कार र संस्कृत विद्या पढाउने आश्रमले जातीय भेदभावकै आधारमा बालकहरूलाई भर्ना नलिएको घटनाले हाम्रो समाजमा अहिले पनि सामन्तवादको अवशेषले जरो गाडिरहेको आभास हुन्छ। आश्रममा यो जातले पढ्न पाउने, अर्को जातले नपाउने भन्ने कुराले संविधानको खिल्ली उडाएको छ। नेपाली समाजमा रहेको जातीय विभेद र विभेद जन्य घटनाले सिंगो राष्ट्रको शिर निहुरिएको छ। यस्ता सबै प्रकारका विभेदको अन्त्यको लागि समाजमा क्रियाशील सम्पुर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न समुह तथा पक्षहरुलाई रचनात्मक भुमिकाको लागि अनेरास्ववियु आव्हान गर्दछ।

हार्दिक अभिवादन सहित !

सुनिता बराल अध्यक्ष

 

https://simrikaawaj.com/?p=10460&preview=true
ANNFSU
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री