'बालेनको सिको गर्दै बुट्वलमा पनि सार्वजनिक शौचालय अभियान सुरु'

४ वर्ष अगाडि

बुटवल । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले राजधानीका होटल, रेष्टुरेन्ट तथा अन्य संस्थाका शौचालय सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्ने योजना सफल हुँदै यसको विस्तार देशका अन्य क्षेत्रमा पनि पुगेको छ । महानगरमा होटल र रेष्टुरेन्टलाई सार्वजनिक शौचालय बनाउने योजना अघि बढेसँगै बुटवलमा समेत यसको प्रयोग सुरु भएको छ । बुटवलमा अहिलेसम्म ३ स्थानमा सार्वजनिक शौचालयको सुरुवात भइसकेको छ।

बुटवलको दुर्गा मन्दिर स्थित मालिका किचन एन्ड लज, मिलनचोक स्थित चिकन स्टेशन र मिलनचोकमै रहेको स्वस्तिक रिकङडीशनले आफ्ना शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिने भएका छन् । नीजि होटल तथा संघसंस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिनलाई बुटवलको मिलनचोकमा रहेको शाइन डिजाइन एण्ड प्रिन्टले ब्यानरको सौजन्य गरेको छ ।

बुटवलका मुख्य मुख्य स्थानमा पनि सार्वजनिक शौचालय नहुँदा यात्रुहरुलाई समस्या परेकाले नीजी संघ संस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिनका लागि आफूले अन्य होटल, रेष्टुरेण्ट लगायत विभिन्न संघ संस्थाहरुलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग व्यवस्था गरिएको शाइन डिजाइन एण्ड प्रिन्टका प्रोप्राइटर राजीव भुसाले जानकारी दिए । यस्तै कपिलबस्तुको ४ नम्बरमा रहेको द डिजिटल एण्ड क्याफेले पनि आफ्नो शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोगको व्यवस्था मिलाएको प्रोपाइटर भुसालले बताए ।

बुटवलमा शैचालयसँगै यात्रुहरुका लागि खानेपानीको समस्या रहेकाले सार्वजनिक शौचालयसँगै खानेपानीको पनि व्यवस्था मिलाउन आग्रह गरेको बताए । अहिलेसम्म बुटवलमा धेरै नीजि संघसंस्थाले आफ्ना शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिन इच्छुक रहेको बताउँदै ती सबैलाई आफूले ब्यानरको व्यवस्था गराइदिने भुसालले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी