'प्रेमीको जन्मदिन मनाउन बोलाएकी किशोरीको सामूहिक बलात्कार'

४ वर्ष अगाडि

बाँके । बाँकेमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई आइतबार पक्राउ गरेको छ ।

फक्राउ पर्नेमा उनका प्रेमी भनिने हेमराज थारु र उनका साथीहरू विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुसहित सहयोगीका रुपमा विश्वनाथ थारु र निर्देशन थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमध्ये एकजना १६ वर्ष र अन्य २३ देखि २५ वर्ष उमेर समूहका छन् । भे।३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले बिचमा राखी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रेमी भनिने ती किशोरले राप्ती गाउँपालिकाकी ती किशोरीलाई आफ्नो जन्मदिन मनाउन भनेर बर्दिया जिल्लास्थित मानखोला जंगलमा बोलाएका थिए। खोरमा राजकुमार थारु लगायत ५ जनाले बलात्कार गरेको र २ जनाले बलात्कारपछि ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । थप अनुसन्धानपछि घटनामा संलग्न ७ जनालाई पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित

नेपालद्वारा इटालीसामु १२४ रनको लक्ष्य प्रस्तुत

ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु

जेनजी आन्दोलनमा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जना धनकुटाबाट पक्राउ

काठमाडौं आउँदै गरेको बस दुर्घटना, चार जना घाइते

सेयर बजार घट्ने क्रम रोकियो