'रुपन्देहीको जिससका लागि १० पालिका जितेको कांग्रेसलाई ५ दल मिल्दा पनि कठिन, साना दल निर्णायक'

४ वर्ष अगाडि

रुपन्देही । रुपन्देहीका १६ स्थानीय तहमध्ये १० वटाको प्रमुख जितेको कांग्रेसलाई जिल्ला समन्वय समितिको नेतृत्वका लागि बहुमत पुर्याउन सकस परेको छ । यहाँ कांग्रेस एक्लैले मात्र नभएर गठबन्धनमा रहेका पाँचदलको साथ हुँदा पनि जिल्ला समन्वय समितिमा बहुमत नपुग्ने स्थिति छ ।

१० पालिकामा नेतृत्व जितेको नेपाली कांग्रेसबाट उपप्रमुखमा चारजनाले मात्र जितेका छन् । अधिकांश पालिकामा गठबन्धन गरेरका पाँचदलबाट जसपाले १ गाउँपालिका प्रमुख जित्यो । अन्य दलले कुनै पालिका प्रमुख र उपप्रमुख जित्न नसक्दा गठबन्धनमा रहेका पाँच दलको मतभार १५ मात्रै हुन्छ । यहाँको समन्वय समिति नेतृत्वका लागि १७ जना आवश्यक पर्दछ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवारले कन्चन गाउँपालिकाको उपप्रमुख जितेपनि नेपाली कांग्रेसको चुनाव चिह्न रुख लिएर निर्वाचित भएकाले कानूनी हिसाबले उनी कांग्रेसकै भएका छन् भने नेकपा एसले कुनै पनि पालिकामा आफ्नो उपस्थिति जनाउन सकेको छैन।

सोमबार मात्रै गठबन्धन दलले केन्द्रबाट नै जिल्ला समन्वयका लागि पाँच दलभित्रैबाट विकल्प निकाल्न निर्देशन दिएका छन् ।

यसअघि समन्वय समितिको नेतृत्व लिएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३ पालिका प्रमुख ८ उपप्रमुख गरेर जम्मा ११ मतभार बनाएको छ । जिसस नेतृत्व लिन उसको लागि ६ जनालाई मनाउन चुनौती छ । गठबन्धन र एमाले कसलाई जिससमा पठाउने र आफूले के पाउने भन्नेमा निर्णायक शक्तिको रुपमा रहेका छन् लोसपा, जनता प्रगतिशील र राप्रपा ।

लोसमाले १ प्रमुख र २ उपप्रमुख, जनता प्रगतिशीलले १ प्रमुख र १ उपप्रमुख तथा राप्रपाले १ उपप्रमुख जितेका छन् । तीनै दलले गठबन्धनलाई भन्दा एमालेलाई साथ दिने संभावना भएपनि भागवण्डामा कसले के पाउने त्यसमै निर्भर रहनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री