'चितुवाको आक्रमणबाट बालकको मृत्यु'

४ वर्ष अगाडि

अर्घाखाँची। सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ ।

गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत ती बालक मामाघर बस्दै आएका थिए । खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो ।

चितुवाले घरभन्दा करिब एक किमी टाढा लगेर बालकलाई मारेको अवस्थामा स्थानीयवासीले फेला पारेपछि प्रहरीलाई खबर गरेको प्रनाउ थापाले बताए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री