सांसद विश्वकर्माद्वारा आगलागी पिडितलाई राहत वितरण

बिज्ञापन

रुपन्देही  । प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले रोहिणी गाउपालिकाका आगलागी पिडितलाई राहत वितरण गर्नु भएको छ । रुपन्देहीको रोहिणी गाउपालिका–४, ५ र ६ का आगलागी पिडितलाई प्रतिनिधि सभा सदस्य विश्वकर्माले राहत वितरण गर्नु भएको हो । बैशाख ८ गते आएको हावाहुरीका कारण रोहिणी गाउपालिका–४, ५ र ६ का ३९ घरपरिवारको घर गोठ आगलागीले जलेर नष्ट भएको थियो ।

बिज्ञापन

नेकपा एमालेका केन्द्रिय सचिव समेत रहनु भएका प्रतिनिधि सभा सदस्य विश्वकर्माले आगलागी पिडितलाई घरमै पुगेर राहत प्रदान गर्नु भएको हो । आगलागीका कारण रोहिणी गाउपालिका–४ मा ४ घर, ५, मा २१ घर र ६ मा १४ घर जलेर नष्ट भएको थियो । तत्कालको आगलागी पिडितलाई राहत प्रदान गरिएको सांसद विश्वकर्माले बताउनु भयो । सांसद विश्वकर्माले आगलागी पिडितलाई चाकल, तेल, नुन, दाल, आलु प्याज लगायतका खाद्यान्न प्रदान गर्नु भएको हो ।

आगलागीका कारण धेरै नागरिकको क्षति भएको तर पहिलो चरणमा घर गोठ जलेका घरपरिवारलाई राहत प्रदान गरिएको र सामान्य क्षति पुगेका नागरिकको लागि आफुले सरकार संग पहल गरी क्षतिपूर्ति दिलाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । रोहिणी गाउपालिका, वडा कार्यालय र स्थानीयवासीहरुले संकलन गरेको तथ्याकको आधारमा बढि क्षति भएकालाई पहिलो चरणमा राहत प्रदान गरिएको सांसद विश्वकर्माले जानकारी दिनु भयो । राहत वितरण कार्यक्रममा जनप्रतिनिधि, नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

बिज्ञापन

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल