यात्रुलाई अति जोखिम हुने विश्वका तीन विमान कम्पनीभित्र यती एयरलाइन्स पनि

बिज्ञापन

काठमाडौं । यती एयरलाइन्स यात्रुलाई अति जोखिम हुने विश्वका तीन विमान कम्पनीभित्र परेको छ ।

बिज्ञापन

सन् २०२४ को एउटा आँकडा अनुसार नेपालको यती एयरलाइन्स संगै इण्डाेनेसियाकाे लायन एअर र पपुवा न्युगिनीकाे पिएनजी एअर पनि अतिजोखिम हुने विमान कम्पनीमा परेको हो ।

सुरक्षा मापदण्ड अपुग, अदक्ष चालकदल र नियामकको कमजोरीलाई आधार मानेर यतीलाई जोखिम कम्पनीको सूचीमा राखिएको टकरन्यूज डट कोले लेखेको समाचारमा उल्लेख छ ।

बिज्ञापन

यतीको दुर्घटना इतिहासले गर्दा समेत चढ्न नहुने भनी परिभाषित गरिएको छ । एयरलाइन्स रेटिङको तथ्यांकलाई आधार मानेर चढ्न नहुनेको सूची बनाइएको समाचारमा उल्लेख छ । सात स्टारमा तीनभन्दा कम नतिजा ल्याउनेलाई अति जोखिममा राख्ने गरिएको छ ।

टकरन्यूज डट को‘को समाचारमा भनिएको छ, ‘नेपालमा सञ्चालित यति एयरलाइन्सले पहाडी तथा हिमाली भूभाग, जोखिमपूर्ण मौसम र उडान सुरक्षालगायत चुनौतीहरूको सामना गरिरहेको छ ।’

नेपालको समग्र उडान सुरक्षा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)को गाइडलाइनले दिएको कार्यसम्पादन औसतभन्दा माथि भएपनि यति एयरलाइन्स घातक दुर्घटनाका कारण खराब सूचीमा परेको समाचारमा उल्लेख छ ।

आईकाओले नेपालको हवाई सुरक्षा मापदण्डमा रहेका कमीकमजोरी पहिचान गरेर समग्र हवाई यात्रा सुरक्षित बनाउन एक्सन प्लानसहितको कार्ययोजना ल्याउन पटक-पटक सूचित गर्दै आएको छ ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल