महिलाहरु आर्थिक रुपले सवल भएमात्र समाजको नेतृत्व गर्न सक्छन् : उपप्रमुख गुरुङ

बिज्ञापन

देवदह ।  महिलाहरु आर्थिक रुपले सवल भएमात्र समाजको नेतृत्व गर्न सक्ने देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भएको छ। उहाले आर्थिक रुपमा सवल बन्नको लागि महिलाहरु उत्पादन क्षेत्रमा जोडिन आवश्यक रहेको औल्याउनु भयो। विऊझिएका नेपाली गाउँले महिला सञ्जाल रुपन्देहीद्धारा आयोजित १६ औं अन्तैराष्ट्रिय ग्रामिण महिला दिवसको अवसरमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो।

बिज्ञापन

उपप्रमुख गुरुङ्गले संविधानले महिलाहरुलाई धेरै अधिकार दिएका कारण अहिले हरेक तहमा महिलाहरुको प्रतिनिधित्व रहेको दावी गर्नु भयो। उहाले स्थानीय तहमा जनप्रतिनिधि आएपछि आमनागरिकले धेरै सुविधा पाएको दावी गर्नु भयो। उहाले सेवा, सुविधा विकेन्द्रित हुदा महिलाहरुको पहुँच बृद्धि भएको भन्दै अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो। उहाले महिलाहरुलाई शसक्तिकरण गरी आर्थिक रुपमा सवल र समक्ष बनाउन नगरपालिकाले विभिन्न सीपमुलक योजना अगाडि सारेको बताउनु भयो। उपप्रमुख गुरुङ्गले विकास निर्माणको काम निरन्तर चल्ने भएकोले आमनागरिकको चाहना अनुसार नगरपालिकाले काम गर्नु बताउनु भयो।

विऊझिएका नेपाली गाउँले महिला सञ्जाल रुपन्देहीका अध्यष सिमा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका–८, का वडाअध्यक्ष हरिप्र्रसाद पाण्डे, विऊझिएका नेपाली गाउँले महिला सञ्जालका केन्द्रिय अध्यक्ष सिता पोखरेल, कार्यपालिका सदस्य शान्ता भट्टराई वाचका प्रवन्ध निर्देशक डा. नारायणकाजी श्रेष्ठ, पुर्वजनप्रतिनिधि पुष्पा चौधरी, नव प्रभात महिला साकोसका अध्यक्ष निमृला अधिकारी, भाग्यदय आमा समुहका अध्यक्ष राधा पाण्डे, चेली कृषि सहकारी संस्थाका अध्यक्ष सावित्रा वस्याल लगायतले आ–आफना भनाई राख्नु भएको थियो।

बिज्ञापन

कार्यक्रम विऊझिएका नेपाली गाउँले महिला सञ्जालको जिल्ला उपाध्यक्ष देवु भट्टराईको स्वागत र केन्द्रीय महासचिव सरस्वती पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल