देवदह मदर टङ्स एकेडेमीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बिज्ञापन

देवदह // देवदह ५ मितेरी गाउँ स्थित देवदह मदर टङ्स एकेडेमीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले आउदै गरेको वडा दसैं, तिहार, नेपाल संवत् , छठ पर्व लगायत अन्य पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो।

बिज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् विद्यालयका प्रबन्ध निर्देशक भिमप्रसाद गुरुङले चाडपर्व कुनै जाति वा समूहको एकल नभइ सबैको साझा हुने बताउनु भयो। हामी नेपालीहरु एक आपसमा मिलेर बस्ने जाति भएकाले एउटाको खुसीमा अर्को जाति वा समुदाय बेखुसी हुने नसक्ने उहाँले बताउनुभयो। चाडपर्वलाई बढी खर्चिलो र तडकभडक नगरीकन पनि मनाउन सकिनेमा उहाँले जोड दिनुभयो। विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङले चाडपर्वको समयमा खानपान र यात्राको बेला सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो। चाडपर्वको बेला लामो बिदा हुने भएकोले विद्यार्थी र शिक्षकहरुले नयाँ पुस्तक अध्ययन गर्नु पर्ने र समयको सही सदुपयोग गर्नु पर्नेमा जोड दिनुभयो। कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको बिचमा शुभकामना आदानप्रदान गरिएको थियो।

कार्यक्रम विद्यालयका प्रिन्सिपल रामबहादुर गुरुङको अध्यक्षता र भाइस प्रिन्सिपल यमलाल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

बिज्ञापन

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल