त्रिकोणात्मक टी-२० शृङ्खला : हङकङद्धारा यूएई पराजित

Photo: Cricket Association of Nepal-CAN
बिज्ञापन

काठमाडौं । यूएई काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ । हङकङसँग फराकिलो हारका बाबजुद रनरेटका आधारमा यूएईले फाइनलमा स्थान बनाएको हो ।

बिज्ञापन

मुलपानी क्रिकेट मैदानमा बुधबार टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो । जवाफमा यूएईले २० ओभरमा ५ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

यसअघि चारवटै खेलमा अविजित रहेर नेपाल फाइनलमा पुगिसकेको छ । अब उपाधिका लागि नेपाल र यूएई शुक्रबार भिड्नेछन् ।

बिज्ञापन

यसअघि समूह चरणमा हङकङलाई यूएईले ६ विकेटले पराजित गरेको थियो । आजको म्याचअघि यूएईको रनरेट ०.००५ थियो भने हङकङको रनरेट –२.६८८ थियो । रनरेट कमजोर भएकाले फाइनल प्रवेशका लागि आज हङकङलाई यूएईविरुद्ध फराकिलो जित चाहिन्थ्यो । हङकङले ६९ रनको ठूलै मार्जिनले जित्यो, तर त्यो पर्याप्त भएन । त्यसैले जितका बाबजुद हङकङ खेलाडी पराजित मनस्थितिमा र हारका बाबजुद यूएई टीम विजयी मनस्थितमा थिए ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल