तपाइको आजको राशिफलः कार्तिक ९

बिज्ञापन

कार्तिक ९ गते बिहीबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

मानसम्मान, सामाजिक प्रतिष्ठामा केही खलबल आउनेछ । खर्चका बाटाहरु लम्बिएर जाने देखिन्छ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

अनायासै आर्थिक तथा जमिन लाभको योग रहेको छ । आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्नेछ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

स्वास्थ्य स्थिति अनुकूल रहेतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ हुने देखिन्छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

राज्यपक्षबाट असहयोगको वातावरण बन्ने उच्च सम्भावना रहेको छ । वादविवादबाट टाढै रहनु उचित हुनेछ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

स्वास्थ्य अवस्थामा अनायास नकारात्मक परिवर्तन देखापर्नेछ । वैचारिक मनभेदको सम्भावना रहेको छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

थालेका कार्यले सफलताको मार्ग लिनुका साथै मानसिक शान्ति र आराम मिल्नेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

विरोधी तत्वको लजास्पद हार हुने दिन रहेको छ । यत्रतत्र यश, कीर्ति फैलने योग छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

यात्रा भ्रमणको क्रममा अनेकौं विघ्नबाधा सहनुपर्नेछ । मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्नेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

स्वजनसँगै झैझगडा वा द्वन्द्वको स्थिति बन्नेछ । हरेक कार्यमा बिघ्नबाधा खडा हुने देखिन्छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

मनमा प्रसन्नताको सुखद् बहार छाउनेछ । आरोग्यतामा थप वृद्धि आउनेछ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

आर्थिक संकटको सामना गर्नुपर्नेछ । असन्तोषरुपि अनल ज्वालामा चित्त प्रज्वलित हुने देखिन्छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुनेछ । नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने योग रहेको छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल