देवदह , फागुन १५ । देवदह खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको अध्यक्षमा नेकपा (एमाले) का गुमानसिंह कुँवरले १७०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । आज बिहान घोषणा गरिएको खानेपानीको अन्तिम नतिजा अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी ६ दलिय गठबन्धन तर्फका उम्मेदवार मोतिलाल ढकाले १२६७ मत प्राप्त गर्नुभएको निर्वाचन मन्डलले जनाएको छ । विजयी कुँवर यस अघि पनि अध्यक्ष हुनुहुन्थ्यो भने ढकाल गत निर्वाचनमा पनि विभिन्न दलको गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो ।
निर्वाचन मन्डलका अनुसार उपाध्यक्षमा एमाले तर्फकी अनिशा पौडेल विजयी हुनुभएको छ । वहाले १५०९ मत ल्याउदा गठबन्धन तर्फको उमेदवार मिना देवि रिमाले १३९८ मत प्राप्त गर्नुभएको थियो।
सचिवका उम्मेदवार हरिप्रसाद पाण्डेले १५ सय ६१ मत ल्याएर विजयी हुनु भएको छ भने, सचिवमा प्रत्यासी डिल्लीराज मरासिनीले १३ सय २४ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी कोषाध्यक्षका उम्मेदवार कृष्णप्रसाद ज्ञवालीले १६ सय २६ मत ल्याएर विजयी हुनु भएको छ भने, अर्का प्रत्यासी थानेश्वर भट्टराईले १२ सय २७ मत प्राप्त गर्नु भएको छ । सदस्यहरुको लागि भएको निर्वाचनमा देवदह–५, बाट चक्रपानी न्यौपाने र अनिता कुवर विजयी हुनु भएको छ । न्यौपानेले ४ सय ८७ मत र कुवरले ४ सय ४० मत ल्याएर निर्वाचित हुनु भएको छ । सदस्य पदका प्रत्यासी श्रीप्रसाद उपाध्यायले ३ सय ४३ र शोभाकुमारी थापाले ४ सय १० मत प्राप्त गर्नु भएको छ । यसैगरी देवदह–७,मा गौमति बुढाथोकी र उपेन्द्र पाण्डे विजयी हुनु भएको छ । बुढाथोकीले ५ सय ५७ र पाण्डेले ५ सय ७३ मत ल्याएर विजयी हुनु भएको हो । उहाहरुका प्रत्यासी दुर्गा कडेलले ५ सय ६ र गोविन्द खरेलले ४ सय २५ मत प्राप्त गर्नु भएको निर्वाचन मण्डलले जनाएको छ । यसैगरी देवदह–८, को सदस्यमा रिमबहादुर ढेंगा विजयी हुनु भएको छ । ढेंगाले २ सय २९ मत ल्याएर विजयी हुनु भएको हो भने, प्रत्यासी रोशन खरेलले १ सय ४८ मत प्राप्त गर्नु भएको छ । देवदह–६, को सदस्यमा संयुक्त गठबन्धनका उम्मेदवार रुक्मागत भारती विजयी हुनु भएको छ । भारतीले २ सय ३४ ल्याएर विजयी हुनु भएको छ भने, एमालेका उम्मेदवार विष्णुप्रसाद न्यौपानेले १ सय ७५ मत प्राप्त गर्नु भएको छ । देवदह–९, को सदस्यमा विष्णु भट्टराई विजयी हुनु भएको छ । भट्टराईले ९३ मत ल्याएर विजयी हुनु भएको छ भने, प्रत्यासी लत्ता चापागाईले ६९ मत ल्याउनु भएको छ । देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा ४ सय ३८ मत मध्ये निर्वाचनमा ३ हजार १ सय १ मत खसेको थियो भने ४८ म तबदर भएको निर्वाचन मण्डलका संयोजक डासीराम पाण्डेले जानकारी दिनु भयो ।