३९ बर्षिय महिलाको पाठेघरमा १० किलोको टयुमरको सफल शल्यक्रिया

बिराटनगर । बिराट नर्सिगं होम बिराटनगरमा ३९ बर्षिय एक महिलाको पाठेघरबाट ९ किलो २ सय ग्रामको बिरलै बिरामीमा हुने फाईब्रोड नामक टयुमर शल्यक्रिया गरी निकालिएको छ ।

पथरी शनिश्चरे नगरपालिका वार्ड न ४ निवासी महिलाको बिराट नर्सिगं होममा डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा सफल सल्यक्रिया भएको हो । करिब १ घण्टा २० मिनेट लगाएर गरिएको सल्यक्रियामा डाक्टर भानु न्यौपाने, डाक्टर बातसल्य अर्याल, डाक्टर फारिदा खातुन लगायतको टिम सहभागि थियो ।

आफनो ३५ बर्षको महिला सम्बन्धि पाठेघरको शल्याक्रिया गर्दा यत्रो ठुलो मासुको टयुमर नदेखेको डा. कार्कीले बताए । उनले भने,’सयौ अपरेशन गरियो,तर यती ठूलो ट्युमर देखिएको थिएन।’ हेर्दा सामान्य देखिएपनी जटिल र धेरै ठुलो १० केजी मासुको थुप्रो लिएर ती महिला कसरी यस अस्पताल सम्म आईन त्यो झन जटिल बिषय भएको डा. कार्कीले थपे ।

बिगत २ बर्ष देखि धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नियमित चेकजाँच गर्दा सानो ५/६ सेमी साइजको मासु पलाएको रिर्पोट थियो । कोरोनाको कारणले पुनः उपचार र चेक जाँच गरिएको थिएन तर पेटमा कुनै समस्या पनि देखा नपरेको बिरामीको आफन्तले बताएका छन् । बिस्तारै बिस्तारै पेट बढ्दै गयो । मोटाएको जस्तो महसुस भएको तर कुनै दुःख अप्ठयारो नभएको हुनाले ठिकै छ भनेर घरमा बसिरहे । तर पेट धेरै मोटाएको हुनाले बिराट नर्सिगं होममा आएर चेक जाँच गर्दा ३०/४० सेमी साईजको टयुमर देखा पर्यो । ती महिला भन्छिन।शल्यक्रिया नगरी अरु उपाए नभएको डाक्टरहरुले बताए पछि यत्रो १० केजी भन्दा बढी मासुको थुप्रो देख्दा छक्कै परेको बिरामी कुरुवा बसेका आफन्तले बताएका छन् ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी