२० रुपैयाँ नतिरेकाे निहुँमा अर्घाखाँचीमा एक वृद्धाकाे हत्या

बुटवल । अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या भएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९, गोखुङ्गाकी  ७२ वर्षीया हरिकला भुसालको हत्या भएको हो ।

मालारानी स्थायी ठेगाना भइ भूमिकास्थान-१, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले उहाँको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रतित सिंह राठोरले बताउनुभयो ।

गएको १४ गते २० रुपैयाँ नतिरेको भन्दै नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए । झगडाले उग्र रुप लिदै जाँदा भुसाललाई उनले खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गोपाल नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते