१९औं महिला सामुदायिक स्वास्थ स्वयंसेवीका दिवस: कञ्चनमा विविध कार्यक्रम

रुपन्देही // “महिला सामुदायिक स्वास्थ स्वयसेबिकाको प्रतिबद्धता, स्वास्थ प्रवर्द्धन मा हाम्रो एक्यवद्धता” भन्ने नारा सहित यस बर्षको १९ औ महिला सामुदायिक स्वास्थ स्वयंसेवीका दिवसको अवसरमा कञ्चनमा विविध कार्यक्रम संचालन गरिएको छ। महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुको मनोवल उच्च राखि समुदायको स्वास्थ्य स्तरमा बृद्धि गर्ने उद्धेश्यका साथ स्वास्थ्य स्वयम सेविकाहरु बिच हाजिरी जवाफ प्रतियोगिता, घैटो फोड, कुर्ची दौड प्रतियोगिताको आयोजना गरिएको हो। महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले समुदायको स्वास्थ्य सुधार गर्नमा महिला सामुदायिक स्वास्थ्इ स्वयम सेविकाहरुको भुमिका अहम रहेको उल्लेख गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले कुनै घाम, पानी, नत भोक प्यास नभनेरै निस्वार्थ रुपमा ग्रामिण स्वास्थ्य सेवामा योगदान दिदै आइरहेका महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुको यागेदानको गाउँपालिकाले कदर गर्ने र समभ्व भएसम्म सेवा सुबिधालाई अझ ब्यबस्थित बनाउदै जाने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो।

घैटोफोड प्रतियोगितामा सहभागी भई कार्यक्रम शुभारम्भ गर्दै उपाध्यक्ष मौसमी थापा मगरले महिलाहरुको बृद्धि बिकास र क्षमता प्रदर्शनका लागि अवसरका धोकाहरु खुल्ला भएपनि चुलौचौकामा महिलाहरु सिमित हुनुपर्दा ग्रामिण्म क्षेत्रका महिलाहरु अझै पनि शिक्षा स्वास्थ्य तथा व्यबसायिक रुपमा पछाडी परिरहेको सन्दर्भ जोड्नु भएको थियो। समुदायको स्वास्थ्य सुधार गर्न मात्र नभई समुदायलाई हरेक कुरामा सचेत बनाउन पनि महिलाहरुको भुमिका अतुलनिय रहेको बताउदै उपाध्यक्ष थापा मगरले बर्षौं देखि स्वयम सेवि भावनाले घरको हरेक धन्दाहरुलाई समेत पुरा गरेर समुदायको स्वास्थ्य सेवामा लाग्नु कम चुनौती नभएको र अव महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुले स्वयमसेविका गर्न नसक्ने उमेर पुगेपछि उनिहरुलाई अवकास हुदा राज्यले उचित सम्मान गर्नु पर्नेमा जोड दिनुभयो।
आज भएको घैटो फोड प्रतियोगितामा कुमारी रसाइलीले घैटो फोड्न सफल हुनु भएको थियो। यस्तै कुर्ची दौड प्रतियोगितामा दुर्गा ढुंगाना प्रथम, पवित्रा आचार्य द्वितिय र दिलमाया घर्ती तृतिय हुनु भएको थियो । यसैगरी महिला सामुदायिक स्वास्थ्य स्वययम सेबिकाहरु बिच भएको हाजिरी जवाफ प्रतियोगितामा वडा नं। ५ पहिलो, वडा नं। ३ दोश्रो र वडा नं। ४ तेश्रो भएको थियो।
महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका दिवसको अवसरमा साुमदायिक स्वास्थ्य सेवामा निरन्तर खट्दै आउनु भएका महिला सामुदायिक स्वास्थ्य स्वययम सेबिकाहरु पवित्रा पुन, अनिता के।सी।, योगमाया पुन, राधा अस्लामी र अम्बिका जैसीलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सम्मानित हुनुहुने रहेको स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकारी दिनुभएको छ। महिला सामुदायिक स्वास्थ्य स्वययम सेबिका संघ, कञ्चनका अध्यक्ष पवित्रा आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशीराम पन्थी, महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका संघ, रुपन्देहीका सुमित्रा बुढाथोकी लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो।

बिज्ञापन

 

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा