१५ वर्षपछि बस्तीमा बिजुली

पाल्पा। पाल्पा निस्दी गाउँपालिका – ४ , मित्यालको , लामेदमारमा १५ वर्षपछि बिजुली बलेको छ । लामेदमार ट्रान्समिटर अन्तर्गत सोमबार यहाँको ५५ घरमा बत्ती बलेको हो।

बिज्ञापन

बिजुली बत्ती बलेपछि गाउमा खुसीयाली छाएको स्थानीय लिल बहादुर आलेले बताउनुभयो। उहाले भन्नुभयो,’अब त बत्ती बलेको देख्ने आश मरिसकेको थिएँ , तर अहिले सपना झै लागेको छ।’ लामो समयको पर्खाइमा बत्ती बल्न पाएपछि धेरै ठूलो राहत महशुस गर्नुका साथै स्थानीयहरु खुशी भएको जीवन ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक चित्र सिंह आलेले बताउनुभयो । यहाँको लामेदमार , बेलखरक , गोठडाँडा , खोर्मोक , रिपाहा , पोखरादहर , थोक्सिबास गाउँका करिब १ सय घरमा बत्ती बल्नुपर्नेमा केही टोलमा वयरिङको काम नसकेकोले एकै चरणमा बत्ती बल्न नपाएको कार्यपालिका सदस्य हेम कुमारी सुनारीले बताउनुभएको छ ।

सामुदायिक विधुतिकरण लामेदमार ट्रान्समिटरको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बत्ती बल्न सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद दिनुभएको छ । साथै सारुले निस्दीमा चाडो बिद्युत सेवा विस्तार गर्न सबैको सहयोग र सहकार्यको निरन्तर खाँचो रहने बताउनुभएको छ । यहाँको ५ वटा वडामा विद्युत बल्ने जिम्मा लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्था गल्धाले लिएको छ। निस्दीको ७ वडामध्ये ५ वटा वडामा बिद्युतिकरण हुन बाकि रहेको सहकारी संस्थाका अध्यक्ष दुर्गा बहादुर सोमईले जानकारी दिनुभयो ।

बिज्ञापन

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा