Search
Close this search box.
Search
Close this search box.

हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट सेढाईंलाई थप उपचारका लागि मुम्बई लगिने

बिज्ञापन

काठमाडौं । शनिबार विहान दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टरका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि मुम्बई लगिने भएको छ ।

बिज्ञापन

उनको उपचार भइरहेको ह्याम्स अस्पतालले शनिबार साँझ एक विज्ञप्ति जारी गरी पाइलट सेढाईंलाई थप उपचारका लागि शनिबार नै भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी भएको जानकारी दिएको छ ।

मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर शनिबार विहान सोलुखुम्बुको लुक्लाबाट लोबुचेतर्फ जाने क्रममा दुर्घटनामा परेको थियो । हाइ अल्टिच्युडमा रहेका पर्यटक उद्धारका लागि गएको हेलिकप्टर दुर्घटनामा परेको थियो । हेलिकप्टरमा पाइलट सेढाईंमात्र सवार थिए ।

बिज्ञापन

दुर्घटनापछि उनलाई उपचारका लागि हेलिकप्टरबाट ह्याम्स अस्पताल ल्याइएको थियो । अस्पतालका अनुसार उनको भेन्टिरलेटरमा राखेर उपचार भइरहेको छ ।

‘उहाँको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ । साथै उहाँको फोक्सो र मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ । उहाँको शरीर र हातको उपचारको लागि अपरेसन कक्षमा डेब्रिडमेन्ट र इस्काराक्टोमी गरी उपचार भएको छ’, डा. कोइरालाले विज्ञप्तिमा भनेका छन् ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.वि ‘स्वर्णीम खेल महत्सव’ सुरु

कोलुवा कृषि सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न 

कोलिय स्काउट दलको दिक्षान्त समारोह सम्पन्न

देवदह प्रिमियर लिग (डिपीएल)को उपाधी पाकडी प्यान्थर्सलाई

चर्को स्थानीय ‘कर’प्रति विरोध, कर समायोजनको विषय नगरसभामा लैजाने सहमति पछि आन्दोलन स्थगित

देवदह प्रिमियर लिग (डिपीएल) : खैरेनीलाई हराउदै शित्तलनगर फाईनल प्रवेश

नेपालको समृद्धि र चेतना: सुधारका लागि शिक्षा, स्वास्थ्य र राजनीति- निता भण्डारी

देवदह प्रिमियर लिग (डिपीएल) : टटेरालाई हराउदै खैरेनी सेमीफाईनल प्रवेश