हरितालिका (तिज) लाई धार्मिक, सामाजिक र सांस्कृतिक पर्वका रुपमा मनाऔं

बुटवल । हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो । आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै आज महिलाहरु निराहार ब्रत बस्छन् भने अविवाहित नारीहरुले राम्रो पति पाउँ भन्दै ब्रत लिने गर्दछन् । आजको दिन ब्रत बसे अविवाहिता महिलाले राम्रो वर पाउने, श्रीमान भएकाहरुको पतिको स्वास्थ्य राम्रो हुने र एकल महिलाका पतिको आत्माले शान्ति पाउने हिन्दु मान्यता रही आएको छ । आजको दिनलाई श्रीकृष्ण भगवानको न्वारानको दिन समेत मानिन्छ । कृष्ण अष्टमीको ११ औं दिनमा हरितालिका तिज पर्छ ।

बिज्ञापन

तिजको अवसरमा चेलीबेटीहरुलाई माइत बोलाउने र मीठोमीठो खान दिने चलन छ । हिन्दूहरुले मात्रै नभई गैर हिन्दूहरुले पनि तिजमा आफ्ना छोरीचेलीलाई माइतमा बोलाउँछन् र मीठो मीठो खुवाउँछन् । तीजलाई आर्य, मंगोल हिन्दू, गैह्रहिन्दू सबैले मान्ने भएकाले यो पर्वलाई सामाजिक सद्भाव एवं एकताको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।

तीजको ब्रत प्रेमसम्बन्धी मिथकमा आधारित छ । सतीदेवीको अर्को रुप मानिने पार्वतीले शिवजीलाई मन पराएकी थिइन् । तर, अभिभावकहरुले उनको विवाह विष्णु भगवानसँग गरिदिने निर्णय गरे । यस्तै घटना सतिदेवीका सन्दर्भमा पनि भएको थियो । शिवजीजस्तो जँड्याहासँग विवाह गरेको भन्दै सतीदेवीलाई हेला गरिएका कारण उनले यज्ञमा हामफालेर आत्महत्या गरेकी थिइन् । पछि पार्वतीलाई पनि यसैगरी शिवजीसँग विवाह गर्न नदिई विष्णुलाई नै भिराउन खोजिएपछि पार्वतीले आफूले मन पराएका शिवजीसँगै विवाह गर्न पाउनुपर्ने जिकिर गरिन् ।

बिज्ञापन

पार्वतीको विवाह विष्णु भगवानसँग गर्ने निधो भएपछि साथीहरुको माध्यमबाट पार्वती भागिन् । हरि भगवानबाट लुकाइएको हुनाले यसै प्रशंगबाट ‘हरितालिका’ भन्न थालिएको पुरोहितहरु बताउँछन् । हरिबाट लुकाइएकी पार्वतीले शिवजीलाई नै पति पाउँ भन्दै पानी समेत नखाई निराहार ब्रत बसेपछि शिवजी पति पाएको र यसैलाई आधार मानेर तिजको ब्र्रत प्रारम्भ भएको बताइन्छ ।

आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराईघरमा जीवन बिताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी बर्त बस्छन् । बर्तको समयमा महिलाहरूले तीजको बर्तकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको बर्त अन्य बर्त भन्दा फरक ढङ्गले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई बर्त बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरू महादेवको पुजा आराधना पश्चात फलफूल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ । आजकाल ब्रतका नाममा निराहार बसेर आफ्नो स्वास्थ्यमा प्रतिकूल असर पर्न दिनु हुँदैन भन्ने प्रगतिशील मान्यता पनि बढ्न थालेको छ । ब्रतको साटो पूजाआजामात्रै गर्ने वा ब्रत बस्दा पानी र फलफूल खाने राम्रो प्रचलन बढेको छ । चाडपर्वका राम्रा पक्षलाई आत्मसाथ गर्दै विकृतितर्फ जान नदिनु राम्रो हुन्छ । आफ्ना चेलीबेटीहरुलाई माया ममता गर्ने, झगडा भएको छ भने मेलमिलाप गर्ने र श्रीमान श्रीमतीवीचको प्रेमसम्बन्धलाई सुमधुर बनाउने अवसरका रुपमा तीज मनाउन सकिए यसले धार्मिक हिसाबले मात्रै नभएर सामाजिक एवं सांस्कृतिक रुपले पनि महत्व राख्ने छ । साथै तीजमा गाइने गीत संगीतलाई अश्लीतलातर्फ भन्दा लोक संस्कृतितर्फ बढावा दिन सकिए लोक संस्कृतिको जगेर्नामा पनि यसले योगदान गर्न सक्छ ।

हामीले हाम्रो रितिरिवाजलाई कायम राख्दैै, परम्परागत संस्कृतिलाई बचाउँदै नयाँ पुस्तामा हस्तान्तरण गरौं । तीजलाई धनि र गरिवको रुपमा भेदभाव हुने गरी उत्ताउलो तथा भड्किलो पर्वको रुपमा सिर्जना गर्नुहुदैन । यसर्थ परम्परागत संस्कृतिमा भएका नराम्रा कुरालाई सुधार गर्दै सुन्दर समाज निर्माण गर्ने अभियानमा पर्वहरुलाई रुपान्तरण गरौं । सँस्कृतिमा समुन्नत मानिएको हाम्रो राष्ट्रको अस्थित्व, गरिमा र मर्यादालाई उच्च बनाउने गरी महान पर्व हरितालिका तिजलाई सबैले मनाऔं । तिज पर्वको सबैमा हार्दिक शुभकामना ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन