हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित

काठमाडौँ– हङकङ सिक्सेसको पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ। यो जितसँगै नेपाल समूह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।

शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो ।

अस्ट्रेलियाले पूरै ६ ओभर खेल्दै  सबै विकेटको क्षतिमा १०० रन बनाएको हो । नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बमले एक विकेट हात पारे । यसअघि हिजो बिहान भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।

 

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी