बुटवल । एसीसी पुरुष प्रिमियर कपअन्तर्गतको खेलमा आज हङकङले नेपाललाई जितको लागि ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ्गको निम्तो पाएको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाउदै ११४ रन मात्र जोड्न सफल भयो ।
नेपाली बलरमाथी हङकङका ब्याट्सम्यान चल्न सकेनन । हङकङका ओपनिङ्ग व्याट्सम्यान अन्सुमान रथले सर्वाधिक ३४ रनको योगदान गरे भने जिसन अलिले १४, मो. निजाकात खानले १२ र इसान खानले ११ बाहेक अन्यले दोहोरो अंकमा रन ल्याउन सकेनन ।
नेपालका लागि अभिनास बोहोराले ३, ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २/२ करण केसीले १ विकेट लिए ।
दिपेन्द्र सिंह ऐरीले मोहम्मद निजाकात खान र गुल्शन झाले अंन्सुमान रथलाई रन आउट गरि पेभिलियन फर्काएका थिए ।
नेपाली बलरहरुको कसिलो बलिङका सामु हङकङका ब्याटरहरु ठुला सट खेल्न सकेनन ।