स्वर्गद्वारी नगरपालिकाद्वारा एफएम संचालन

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाले आफ्नै लगानीमा सामुदायिक एफएम संचालनमा ल्याएको छ।

स्वर्गद्वारी नगरपालिका वडा नं ४ भिङ्रीमा स्थापना भएको रेडियो स्वर्गभुमी एफएम १०६ दशमलव ७ मेगाहर्जले परीक्षण प्रशारण समेत थालिसकेको छ । जिल्लामा स्थानीय तहले स्थापना गरेको यो पहिलो एफएम हो ।

एफएमको उद्घाटन गर्नुहुदै नगर प्रमुख टेकप्रसाद भण्डारीले नगरपालिका क्षेत्रभित्रका गतिविधिहरु पालिकाबासी बीच पुर्‍याउने उद्देश्यले एफएम स्थापना गरिएको बताउनुभयो ।
रेडियोले विकास निर्माण, कृषि, शिक्षा र स्वास्थ्यलगायत स्थानिय सरोकारका बिषयलाई बढी प्राथमिकता दिनुपर्ने नगरप्रमुख भण्डारीले आग्रह गर्नुभयो । गाउँमै रेडियो स्थापना भएपछि स्थानीयवासी पनि खुशी भएको रेडियो संचालक समितीका कोषाअध्यक्ष सिपि पौडेलले जानकारी दिनुभयो ।
रेडियो स्थापनाका लागि अहिलेसम्म बीस लाख रुपियां लगानी भईसकेको र अन्य आवास्यक उपकरण र प्राविधिक कामहरु भईरहेको नगरपालिकाले जनाएको हो।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी