Search
Close this search box.
Search
Close this search box.

स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बिज्ञापन

देवदह // स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवार देवदहले नेपालीहरुको महान पर्व बिजयादशमी, शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्व २०८० को अवसर पारेर शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष विनोद कुमार गुरुङको अध्यक्षता एवं देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

बिज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप प्रमुख गुरुङले राष्ट्रिय चाडपर्वहरूले नेपालीहरुमा एक आपसमा सामाजिक सदभाव, धार्मिक सहिष्णुता कायम राख्ने बताउनुभयो। उहाले आजभोली चार्डपर्व भड्किलो बन्दै गएको भन्दै संस्कृतिको जग्रेनाका लागि सभ्य रुपमा पर्व मनाउन जोड दिनुभयो।

सोहि अवसरमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि संस्थाका संस्थापक अध्यक्ष जित बहादुर पाईजाले यस किसिमको कार्यक्रमले आपसी सम्बन्ध मजबुत बनाउने विश्वास लिएको उहाले बताउनु भयो।

बिज्ञापन

कार्यक्रम संस्थाका उपाध्यक्ष सोभा कुमारी थापाको स्वागत र सचिव जय बहादुर पुलामीको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.वि ‘स्वर्णीम खेल महत्सव’ सुरु

कोलुवा कृषि सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न 

कोलिय स्काउट दलको दिक्षान्त समारोह सम्पन्न

देवदह प्रिमियर लिग (डिपीएल)को उपाधी पाकडी प्यान्थर्सलाई

चर्को स्थानीय ‘कर’प्रति विरोध, कर समायोजनको विषय नगरसभामा लैजाने सहमति पछि आन्दोलन स्थगित

देवदह प्रिमियर लिग (डिपीएल) : खैरेनीलाई हराउदै शित्तलनगर फाईनल प्रवेश

नेपालको समृद्धि र चेतना: सुधारका लागि शिक्षा, स्वास्थ्य र राजनीति- निता भण्डारी

देवदह प्रिमियर लिग (डिपीएल) : टटेरालाई हराउदै खैरेनी सेमीफाईनल प्रवेश