स्याङजा । स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली कांग्रेसका भोजराज अर्याल निर्वाचित भएका छन् । अर्यालले निकटम प्रतिस्पर्धी नेकपा –एमाले)का मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
अर्यालले १५ हजार एक सय ६१ मत ल्याएका थिए भने रेग्मीले १२ हजार चार सय ३१ मत ल्याएका छन्।
रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान् सदस्य समेत हुन् । रेग्मीले २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढि मतान्तरले निर्वाचित भएका थिए । रेग्मी एमालेको संगठन मजबुत भनिएकाे आफ्नै वडामा समेत कमजाेर भए । बुथ कब्जा भएकाे आराेप प्रत्याराेपकाे विवादका कारण मतदान भएको १० दिनपछि यो क्षेत्रका मतगणना भएको हो।