स्मृति सामुदायिक वनमा वृक्षरोपण

देवदह । देवदह नगरपालिका वडा नं ७ को स्मृति सामुदायिक वनमा अवस्थित स्मृति पार्कमा वृक्षरोपण गरिएको छ । वातावरण संरक्षण गरे, हामि संरक्षित हुन्छौ भन्ने मुल नाराका साथ ड्रिम देवदह र स्मृति सामुदायिक वन काे संयुक्त आयाेजनामा पार्कमा ६०० बिरूवा रोपिएको हो ।

स्मृति सामुदायिक वनका अध्यक्ष भरत गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा ड्रिम देवदहका संयोजक शिद्धिचरण भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । सोही अवसरमा बोल्दै भट्टराईले पार्कलाई सुन्दर बनाउन उपभोक्ता र अभियन्ताहरूकाे साझा प्रयास जरूरी रहेको बताउनुभयो । उहाले पार्कलाई थप हरियाली र सुन्दर बनाउने उद्धेश्य सहित वृक्षरोपण गरिएको बताउनुभयो ।

जेभि फाउण्डेशन काठमाण्डौ बाट प्राप्त ५१० कपुरको वेर्ना लाईनवद्ध तवरले र अन्य फुलका बिरुवा उक्त पार्कमा लगाईएको ड्रिम देवदहका सचिव दिपेश बस्यालले जानकारी दिनु भयो । कार्यक्रमको संचालन सामुदायिक वनका सचिव शुशिला भट्टराईले गर्नु भएको थियो ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने